शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

पूर्व सहयोगीद्वारा गाडी कब्जा

दैनिक नेपाल २०७१ वैशाख २३ गते ७:२६

Former Madheshi minister Thakur talks in Kathmanduकाठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले चढ्ने गाडी उनकै पूर्वसहयोगीले कब्जा गरेका छन् । तमलोपाबाट समानुपातिकमा सभासद् नपाएपछि उनका पूर्वपिए सञ्जयकुमार ठाकुरले गाडी कब्जा गरेको स्रोतको भनाई छ ।
संविधानसभा निर्वाचनका बेला तमलोपाले बा १० च ८६३७ नम्बरको टाटा सफारी गाडी खरिद गरेको थियो । स्रोतका अनुसार चुनावका बेला पार्टीलाई आएको सहयोगबाट सो गाडी किनिएको थियो । चुनावी प्रयोजनका लागि किने पनि अध्यक्ष ठाकुरले निजी प्रयोजनमा प्रयोग गर्दै आएका थिए ।

अध्यक्ष ठाकुरले तत्कालीन स्वामित्व दर्ता गराएका थिए । तर, चुनावपछि स्थिति बदलियो । अध्यक्ष ठाकुरले सञ्जयलाई समानुपातिकमा सिफारिस गरेनन् । चुनावअघिसम्म सञ्जय समानुपातिकमा आफ्नो नाम पर्नेमा ढुक्का थिए । तर, नाम नपरेपछि अध्यक्षसँग रुष्ट उनले गाडी आफैंले राख्ने भनेर मागेका थिए ।

केही दिनसम्म अध्यक्ष ठाकुरले गाडी दिखन मानेका थिएनन् । तर, सञ्जयले गाडी कब्जा गरे । गाडी सञ्जयकै नाममा रहेकाले ठाकुरले कतै उजुरी पनि गरेका छैनन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित