बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

विराटनगरमा हेपाटाइटिस-ई

दैनिक नेपाल २०७१ वैशाख २३ गते ५:४६

Hepataitisकाठमाडौं । विराटनगर क्षेत्रमा देखिएको जण्डिस (हेपाटाईटिस-ई) अझ केहि महिना सम्म देखिन सक्ने विज्ञहरुले वताएका छन् । पानीजन्यरोग हेपाटाईटिस-इ को संक्रमण भए पछि सामान्य तया तिन साता देखी दुई महिना सम्ममा रोगको लक्षण देखिन्छ ।

‘हाल सम्म विराटनगर मा हेपाटाइटिस इ नै देखिएको छ तर हामी हेपाटाईटिस ए पनि हो की भनेर परिक्षण समेत जारी राखेका छौुं, इपिडिमियोली तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनि भन्छन, ‘यो संक्रमण भए पछि सामान्यतया तिन साता देखी दुई महिनामा रोगको लक्षण देखिने भएकोले यो क्षेत्रमा अझ केहि महिना सम्म यसवाट प्रभावित हुनेहरु देखिने छन ।’

करिव डेढ दशक अघि उपत्यकामा देखिएको व्यापक हेपाटाइटिस(इ को संक्रमण पछि मुलुकमा यति ठुलो मात्रामा हाल विराटनगर मै हेपाटाईटिस-इ देखिएको डा.मरासिनि बताउछन ।

इपिडिमियोलजीको अनुसार हाल रोग प्रभावित क्षेत्रका केहि मान्छेको रगतको नमुना र त्यहाको ११ ठाउको पानी को नमुना लाइ विशेषज्ञहरु परिक्षण गरेर संक्रमण फैलिने कारण वारे विश्लेषण गर्दे छन ।

विराटनगरको पानी परिक्षणमा कोलिर्फम देखिएकोले त्यहाको पानि दिसाले संक्रमित भएको भन्न सकिने डा।मरासिनि बताउछन । विश्व स्वास्थ्य संगठन

(डव्लुएचओ)को अनुसार हेपाटाईटिस-इ मुख्य रुपमा दिशा र मुख सम्वन्धि मार्गको माध्यमले खाने पानी दिसावाट संक्रमित हुदा एक वाट अर्कोमा सर्छ । संक्रमित पानी र खाद्य पदार्थ यसको संक्रमण देखिनुको मुख्य कारण हो । तर यसको अन्य संक्रमणको कारण भने खाद्य पदार्थद्वारा हुने संक्रमण अन्तर्गत संक्रमित जनावरवाट उत्पादिन खाद्यपदार्थ, संक्रमित रक्त उत्पादन उपयोग गर्नु, गर्भवती महिलाको माध्यमले भ्रुणलाइ संक्रमण आदि छन ।

रोग प्रभावित क्षेत्रमा होटेलमा खानु अघि अझ विचार पुर्याउनु पर्ने जनाउदै डा.मरासिनि भन्छन- ‘त्यहा भएका संक्रमित आइसक्रिमरबरफ, मिठाईले अझ थुप्रै दिन सम्म हेपाटाइटिस-इ सार्न सक्छ ।’

स्वक्ष पानी, सरसफाई, व्यक्तिगत स्वक्षता, हात धुनु, जस्ता स्वास्थ्य शिक्षाले हेपाटाईटिस लगायतका अन्य संक्रमण समेत कम गर्न सकिने उल्लेख गर्दे उनि भन्छन्- ‘सम्भव भए सम्म सडक छेउ वा होटेलको खाना नखानुस, खानै परे राम्ररी पकाएको तातै खानुस् ।’ हालको लागि रोग प्रभावित क्षेत्रमा पानीलाई क्लोरिनरआयोडिन उपचार गरेर वा उमालेर खाने सल्लाह विज्ञहरुको छ ।

गर्मी याममा तराइमा केटाकेटीले वरफ खाने चलनले समेत हेपाटाईटिस-ई निम्त्याउन सक्छ । वरफ र आइसक्रिम उद्योगहरुले सोझै धाराको पानी ल्याएर वनाउने गरेकोले हेपाटाईटिस लगायतका अन्य पानी जन्य रोगको संक्रमणको सम्भावना उच्च रहेको हो ।

हेपाटाईटिस-ई एक वा दुई प्रतिशत जनसंख्यामा मात्र कडा रुपमा प्रस्तुत हन सक्छ । तर गर्भवती महिलाको लागि यो संक्रमण खतरनाक भएकोले उनिहरुले रोग लाग्न नदिन थप वचाउ आवश्यक रहेको डा.मरासिनि बताउँछन् ।

विश्व भरीमा वर्षेनी दुइ करोड व्यक्तिलाई हेपाटाईटिसइ को संक्रमण हुने गरेको ३० लाख यसको कडा संक्रमण र ५७ हजार यो संग सम्वद्घ मृत्यु हुने गरेको आकलन डब्लुएचओको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित