काठमाडौं । डोल्पाको प्रसिद्ध देवीस्थान त्रिपुरासुुन्दरी मन्दिर तीन करोड ३३ लाखको लागतमा जीर्णोद्धार गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ठूूलो भेरीमा ६३ लाख २० हजारमा नाधा जोलुङ्गे पुल निर्माण भएको छ ।
डोल्पामा भएका विकास–निर्माणका कामको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको नेतृत्वमा खटिएको टोलीले स्थानीय वासिन्दा एवम् सरकारी कर्मचारीसँग मिलेर आइतबार उक्त मन्दिरको सरसफाइसमेत गरेको छ ।
कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने, नेपाली सेनाले दुनैसम्म पुग्ने ट्रयाक खोलिरहेको र त्यस निम्ति नौ करोड बजेट छुट्याइएको छ ।











प्रतिक्रिया