२९ आश्विन २०८३, बिहिबार

चट्याङ लागेर दुईजनाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lighting-stroke-chatyangखोटाङ । छुट्टाछुट्टै स्थानमा परेको चट्याङ लागेर खोटाङमा दुईजनाको ज्यान गएको छ । आइतबार साँझ परेको चट्याङ लागेर ऐसेलुखर्क–१ का ५० वर्षीय ज्ञानबहादुर निरौला र सुनसरी सोनापुर–७ की १२ वर्षीया रोजिना निरौलाको ज्यान गएको हो ।

पानीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते बनेका ज्ञानबहादुरको घरैमा ज्यान गएको हो भने रोजिनाको उपचारका लागि लैजाँदै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रमेश देवले जानकारी दिए ।

प्रहरीका अनुसार रोजिना खोटाङको खार्पा–६ स्थित दिदीभिनाजुको घर आएकी थिइन् । चट्याङले रोजिनाको भिनाजु ज्ञानबहादुर पोखरेलको एक माउ भैँसीसमेत मरेको प्रहरीले जनाएको छ ।

यस्तै चट्याङले सदरमुकाम दिक्तेलमा ठूलो क्षति पु¥याएको छ । कम्प्युटर, टिभी, स्टेपलाइजर, ट्रान्समिटरलगायत जल्दा लाखौँको क्षति भएको बताइएको छ ।