२९ आश्विन २०८३, बिहिबार

बस दुर्घटनामा छ यात्रुको मृत्यु/२४ घाईते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sindhuli_district
काठमाडौं । सिन्धुली जिल्लामा यात्रु बाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ यात्रु घाईते भएका छन् ।

काठमाडौंबाट सिन्धुलीको चकमकेतर्फ गइरहेको बा २ ख ६६०६ नम्बरको रात्रिसेवाको यात्रु आज (सोमबार) बिहान कमलाई नगरपालिका–१० मा दुर्घटना हुँदा ६ जनाको मृत्यु हो । दुर्घटनामा घाईते भएका मध्ये केहीको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमध्ये आमबोटे–९ सिन्धुलीका उद्धव पुलामी मगर, हेटौँडा नगरपालिका–१० का रामेश्वर अधिकारी, आमबोटे–६ सिन्धुलीका चित्रबहादुर पुलामी, लामपाङटार–६ सिन्धुलीका सुकुमाया तामाङलगायत रहेको प्रहरीले जनाएको छ ।

दुर्घटना परी घाइते भएकामध्ये १८ जनाको सिन्धुली जिल्ला अस्पताल र तीनजनाको बर्दिवास अस्पताल तथा तीनजनाको लालगढ अस्पतालमा उपचार भइरहेको छ ।