बाँके । ग्रामीण क्षेत्रमा सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयन, प्रभावकारिता र अभियान सञ्चालन गर्ने उद्देश्यले जिल्लाको गनापुर गाविसमा आरटिआइ ग्रुप (सूचनाको हक समूह) गठन भएको छ ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्रको पहलमा स्थानीय युवा नारायण पालको संयोजकत्वमा १५ सदस्यीय समूह गठन भएको हो । समितिको सदस्यमा राममनोहर यादव, अजय गुप्ता, गोविन्दराम पासी, सन्तोष पाल, रामसुरेश यादवलगायत रहेको केन्द्रका अध्यक्ष विश्वजीत तिवारीले बताए ।
गठित समूहले गाविसस्तरमा विभिन्न सार्वजनिक निकायमा सूचना माग्ने, सूचना अधिकार, सुशासन तथा पारदर्शिताका पक्षमा जनचेतना तथा अभियान सञ्चालन गर्ने भएको छ । सूचनाको हकसम्बन्धी ऐनका बारेमा जिल्लाका विभिन्न ग्रामीण क्षेत्रका नागरिकलाई जागरुक बनाउनुपर्ने आवश्यक रहेको सरोकारवालाको सुझाव छ ।
स्थानीयस्तरमा रहेका सार्वजनिक निकायले कार्यालयका सूचना बाहिर ल्याउन हिच्किचाउने र सुशासन तथा पारदर्शितातर्फ ध्यान दिने नगरेको गुनासो स्थानीय अगुवा लल्लनप्रसाद गुप्ताको छ ।











प्रतिक्रिया