२९ आश्विन २०८३, बिहिबार

‘पत्रकारिता पेशा लोभलाग्दो बनाउन सहयोग गर्छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala-fnj-ktmकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्री कोइरालाले मुलुक तरवारको धारमा हिँडेको बताएका छन् ।

 

नेपाल पत्रकार महासंघको २४ औँ महाधिबेशनको आज (शनिबार) राजधानीमा उद्घाटन गर्दै कोइराला तरवारको धारबाट चिप्लिएर गम्भीर परिणाम नआओस् भनेर राजनीतिक दल, पत्रकारका साथै सबै क्षेत्र मिलेर समयमै संवधान बनाउनु पर्ने बताए ।

 

दोश्रो संविधानसभाको निर्वाचन पछि देश सकारात्मक दिशामा अगाडि बढिसकेको उनको भनाई थियो ।

 

उनले पत्रकारिता पेशालाई ब्यवसायिक र समृद्ध बनाउन सरकारले सहयोग गर्ने बताए । उनले पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरूको हल गरेर पेशालाई लोभलाग्दो बनाउन पहल गर्ने बताए ।

 

‘उचित पारिश्रमिकको प्रबन्ध मिलाएर पत्रकारिताको स्तर अझ बढाउन सहयोग गर्छु,’ उनले भने, ‘अबको १५/२० बर्षमा सबै पत्रकारहरुले कार चढ्न सक्ने हैसियत राख्नेछन् ।’

 

बिगतमा पत्रकारहरूको भूमिका सह्रानीय रहेको बताउँदै उनले संविधान निर्माणमा पनि लोकतान्त्रिक आन्दोलनमा जस्तै सहयोग गर्न आग्रह गरे ।

 

सरकारले छोटो समयमा नै उपलब्धी मुलक काम गरेको दाबी गरेका प्रधानमन्त्री कोइरालाले आलोचना भन्दा पनि सकारात्मक भएर सुझाव दिन आग्रह गरे ।
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले सञ्चार नीति नै पूर्ण नभएकाले पत्रकारिता क्षेत्रमा समस्या रहेको बताए । उनले चाँडै सूचना प्रसारण ऐन र सूचना सञ्चार ऐन ल्याउने बताए ।

 

आगामी बजेटमा सरकारी बिज्ञापन २५ प्रतिशत् बढाउन अर्थलाई पत्राचार गरिसकिएको रिजालले बताए । न्यूनतम पारिश्रमिकलाई अझ उचित रुपमा तोकेर श्रमजीवी पत्रकारका पक्षमा काम गर्ने उनको भनाई छ ।

 

एमालेका अध्यक्ष झलनाथ खनालले पत्रकातिताका समस्याहरूलाई चाँडै सम्बोधन गर्नुपर्ने बताए । उनले सरकारसंग छलफल गरी पत्रकारको पुनः उचित पारिश्रमिक निर्धारण गरेर कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे ।

 

पत्रकार महासंघको २४ औँ महाधिवेशन आज र भोलि दुई दिनसम्म काठमाडौंमा चल्ने छ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ ।