२९ आश्विन २०८३, बिहिबार

अध्यक्षको प्रतिवेदन बिरुद्ध भट्टराईको सात बुँदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadiविराटनगर । एमाओवादीका नेता बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणका विषयमा सम्मेलनमा ७ बुँदे फरक प्रस्ताव दर्ता गरेका छन् ।

 

विराटनगरमा जारी प्रथम राष्ट्रिय सम्मेलनमा आज (शनिबार) नेता भट्टराईले हेडक्वार्टरमा नयाँ शक्ति निर्माण, नेतृत्व हस्तान्तरण, कार्यशैली सुधार, आर्थिक क्रान्ति, समावेशी लोकतन्त्रलगायतका बुँदासहितको प्रस्ताव दर्ता गरेका हुन् ।

 

अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनप्रति असहमति जनाउँदै भट्टराईले नयाँ प्रस्ताव दर्ता गराएका हुन् । दाहालको प्रतिवेदन पुरानै भएको टिप्पणी गर्दै नेता भट्टराईले पार्टीलाई समाधान नदिने बताए ।

 

उता, अध्यक्ष दाहालले आफ्नो ३८ पेज लामो प्रतिवेदनमा पार्टी भित्रको विवाद र माथिदेखि तलैसम्म गुटैगुटमा विभाजित भएका कारण संविधानसभा निर्वाचनमा तेस्रो स्थानमा खुम्चिनु परेको उल्लेख गरेका छन् ।

 

पार्टी भित्र देखा परेको बैचारिक बिचलन, सांगठानिक संरचना र नेताहरुको कार्यशैलीका कारण पार्टी विघटनको खतरामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले भन्दै आएको नयाँ शक्तिको विषयलाई पनि दाहालको प्रतिवेदनमा अस्वीकार गरिएको छ । अब पनि कार्यनीतिलाई संशोधन गरिरहे पार्टी थप संकटमा जाने प्रतिवेदनमा उल्लेख छ । दाहालको प्रतिवेदनमा पार्टी भित्र आएका नव प्रवेशीका कारण पार्टी भित्र लामो संघर्ष र त्याग तपस्या गरेकालाई मानमर्दन गरेको उल्लेख छ ।

 

नवप्रवेशीहरूलाई ब्यवस्थापन गर्न छुट्टै नीति बनाउनुपर्ने दाहालले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।