बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

नेपाल आइपुगे अक्षयकुमार

दैनिक नेपाल २०७१ वैशाख १९ गते २१:५६
akshay-Nepal
बलिउड निर्देशक निरज पाण्डेले निर्देशन गर्न लागेको एक एक्सन थ्रिलर फिल्ममा अभिनय गर्नका लागि नायक अक्षयकुमार शुक्रबार राजधानी काठमाडौं आइपुगेका छन् ।
बलिउडमा खेलाडी कुमारले परिचित अक्षय नाम नखुलाइएको उक्त फिल्मको सुटिङका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे ४ बजे ओर्लिएका हुन् । उनी आएको तस्वीर उनका फ्यानले खिचेका थिए ।
फिल्मका लागि नायिका तपसी पन्नु दुई दिन अघि नै नेपाल आइसकेकी छन् । भारतीय पत्रिका टाइम्स अफ इण्डियाको अनलाइन संस्करण अनुसार फिल्म नेपाल र इस्तानबुलमा सुटिङ गरिनेछ । अक्षयले यसअघि निरजद्वारा निर्देशित फिल्म ‘स्पेसल २६’ मा अभिनय गरेका थिए । जुन फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित