काठमाडौं, १९ वैशाख । नेपाल स्काउट प्रगतिशील सङ्घर्ष समितिले स्काउटसम्बन्धी ऐन नियम संशोधन गरी लोकतान्त्रिक बनाउन माग गरेर युवा तथा खेलकुद मन्त्रालयमा धर्ना दिएको छ ।
नेपाल स्काउट केन्द्रीय कार्यालयको विभिन्न गतिविधि तथा आर्थिक क्रियाकलापलाई सार्वजनिक गर्नुपर्ने माग राखेर आज (शुक्रबार) मन्त्रालयमा धर्ना दिएको हो । समिति वैशाख १० गतेदेखि आन्दोलनमा छ ।
समितिका कर्मचारीले गत शुक्रबार लैनचौरस्थित केन्द्रीय कार्यालयमा घेराउ गरी पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।
जीवनोपयोगी विभिन्न तालिम तथा सामाजिक कार्यमा संलग्न हुँदै आएको सो संस्था विसं २००९ मा स्थापना भएको हो । देशका विभिन्न ६८ जिल्लामा सञ्जाल विस्तार गरेको संस्थामा करिब ५५ हजार सदस्य रहेका छन् ।











प्रतिक्रिया