२८ आश्विन २०८३, बुधबार

काक्रेविहारमा बुद्धको मूर्ति प्रतिस्थापनको अभियान यथावत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kakre Biharकाठमाडौं, १८ वैशाख । काक्रेविहारमा बुद्धको मूर्ति स्थापना गर्ने अभियानसहित यस वर्षको बुद्ध जयन्ती मनाइने भएको छ ।

गत वर्ष बुद्ध जयन्तीकै दिनबाट काक्रेबिहारमा बुद्धको मूर्ति प्रतिस्थापन गर्ने विषयमा आन्दोलनका कार्यक्रमहरु सार्बजनिक गरेको स्मरण गर्दै नेपाल बौद्ध महासंघले बुद्ध जयन्ती मनाउन लागेको जनाएको छ । महासंघले काक्रे विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गर्ने अभियानकै रुपमा लिएको बताएको छ ।

‘सम्पूर्ण नेपालीको चाहना, स्थायी शान्तिको कामना’ भन्ने मूल नाराका साथ मनाउन लागिएको बुद्ध जयन्तीलाई सफल बनाउन आदिवासी जनजाति संघ संगठन र बुद्धका अनुयायीहरुले भब्य रुपमा मनाउन लागेको हो ।

बुद्ध जयन्तीको अवसर पारी आज (बिहीबार) काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष फुपुछेम्बे शेर्पाले काक्रेविहार आन्दोलन यथावत रहेको बताए ।

‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ,’ उनले भने, ‘तर राज्यले हाम्रो मागको सुनुवाई बेवास्ता गरी संघर्षका कार्यक्रम गर्न बाध्य नपारियोस ।’