२८ आश्विन २०८३, बुधबार

बीस वर्षपछि गहुँ खरिद गर्दै खाद्य संस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganhuकञ्चनपुर, १८ वैशाख । नेपाल खाद्य संस्थान शाखा कञ्चनपुरले २० वर्षपछि गहुँ खरिदबिक्री सुरु गरेको छ ।

 

संस्थानको केन्द्रीय कार्यालयले कञ्चनपुर शाखालाई गहुँ खरिदका लागि कार्यक्रम नदिएपछि शाखा कञ्चनपुरले २० वर्षदेखि गहुँ खरिद नगरेको शाखाका प्रमुख केशवदत्त कलौनीले जानकारी दिए ।

 

उनका अनुसार गहुँ खरिदका लागि केन्द्रीय कार्यालयले यस वर्षदेखि कार्यक्रम दिएपछि गहुँ खरिदबिक्री सुरु गरिएको हो ।

 

खाद्य संस्थान कञ्चनपुरले यस वर्षको गहुँको प्रतिक्विन्टल रु दुई हजार ४२५ तोकेको छ । संस्थानका अनुुसार बजारको मूल्यको मूल्याङ्कन गरी गहुँको मूल्य निर्धारण गरिएको हो ।

 

खाद्य संस्थानले यस वर्षदेखि गहुँ खरिद गर्ने भएपछि किसानलाई राहत पुग्ने कलौनीको भनाइ छ । संस्थानले यस वर्ष १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिएको छ ।