बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

आइफामा ‘भाग मिल्खा भाग’को बर्चस्व

दैनिक नेपाल २०७१ वैशाख १८ गते १३:३८

Deepika-Padukonमुम्बई । १५ औं आइफा अवार्ड समारोहमा बलिउड चलचित्र ‘भाग मिल्खा भाग’ले वर्चस्व कायम गरेको छ । अवार्डमा ‘भाग मिल्खा भाग’ले बेष्ट निर्देशकसहित पाँच बिधामा अवार्ड हात पार्‍यो ।
अमेरीकाको टेम्पा शहरस्थित ‘मिड फ्लोरिडा क्रेडिट युनियन एम्फी थिएटर’मा शनिबार सम्पन्न  समारोहमा ‘भाग मिल्खा भाग’ले उत्कृष्ट चलचित्र, अभिनय, निर्देशक, सहायक अभिनेत्री र कथा गरी पाँच बिधामा प्रभुत्व कायम गरेको हो ।
अभिनयमा निकै राम्रा अभिनेता शत्रुध्ना सिन्हालाई यसबर्षको लाइफ टाइम अचिभमेन्टद्धारा सम्मानित गरिएको छ । समारोहमा अर्को अभिनेता अरशद वारसीले ‘चलचित्र जोली एलएलबी’को अभिनयबाट सर्वक्षेष्ठ हाँस्य कलाकारको अवार्ड हात परे । नेगेटिभ अभिनयमा सर्वश्रेष्ठ कलाकारको अवार्ड ऋषि कपुरले पाए ।
समारोहमा बर्ष २०१३ की सर्वाधिक सफल तथा व्यस्ता अभिनेत्री दीपिका पादुकोण सर्वश्रेष्ठ अभिनेत्री सावित भइन् । दीपिकालाई यो पुरस्कार चलचित्र ‘चेन्नइ एक्सप्रेस’को अभिनयको मूल्याङ्कनसहित दिइएको हो ।
त्यस्तै अर्को सफल चलचित्र ‘आशिकी–२’ ले चार अवार्ड प्राप्त गर्‍यो । मधुर संगीतका कारण व्यवसायमा सफल ‘आशिकी–२’ लाई उत्कृष्ठ गायक, ,गायिका, संगीत निर्देशकका साथै शब्दसमेत गरी चार विधामा पुरस्कार दिइयो । फिल्मका प्लेब्याक सिङ्गर अरिजित सिह र श्रेर्या घोषलले अवार्ड थापे ।
Farhan & Deepikaचलचित्र राँझणका अभिनेता धनुषले नवोदित अभिनेता पुरस्कार पाए । पुरस्कार लिँदै गर्दा उनले दर्शकको फर्माइसमा कोलावरी डी बोलको गीत नगाइ धरै पाएनन् ।

 

अभिनेत्री वाणी कपुरले नवोदित अभिनेत्रीको पुरस्कार पाइन् । उनले ‘शुद्ध देशी रोमान्स’को अभिनयबाट पुरस्कार हात पारेकी हुन् । अभिनेत्री दीपिका पादुकोणले बर्ष अभिनेत्रीको पुरस्कार समेत प्राप्त गरिनन् ।
बलिउडमा अभिनयका साथसाथै गायनमा समेत सफल अभिनेत्री प्रियंका चोपडाले भने यस पटक नयाँ सोँच भएकी अभिनेत्रीको पुरस्कारमा चित्त बुझाउनु पर्‍यो । प्रियंकालाई यो पुरस्कार हलिउड गीत गाउन अग्रसर भएका कारणले दिइएको हो ।
उल्लेख्य दर्शकको सहभागिता अवार्ड समारोहमा सम्पन्न भएको थियो । अवार्ड घोषणा अगाडिे आयोजकको पोलिसी अनुसार बलिउडका साना तथा ठूला पर्दाका नाम चलेका कलाकार रेडकार्पेटमा उत्रिएका थिए । सेलिब्रेटी रेडकार्पेटमा उत्रिदा दर्शक दीर्घबाट सिटी र तालीको पर्रा छुटेको थियो ।
आइफा अवार्ड समारोह अमेरिकामा आयोजना गरिएको यो पहिलो पटक हो । शनिबार साँझ सुरू भएको समारोह आइतबार बिहान तीन बजेसम्म चलेको थियो । पुरस्कार समारोह प्रियंका चोपडा, रितिक रोशन, माधुरी दीक्षित ,रणबीर कपुर, सिद्धार्थ मल्होत्रालगायतको आकर्षक प्रस्तुति थियो । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित