बारा, २९ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र स्थापनापछि पनि राजसंस्थाप्रति जनमत बढेकोबारे आफू अनभिज्ञ रहेको बताउनुभएको छ ।
बाराको सिमरामा संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उहाँले जनमत बढेकोबारे आफूलाई भन्दा पनि जनता नै बढी जानकार रहेको टिप्पणी गर्नुभयो ।
दुई साता लामो धार्मिक भ्रमणका लागि सिमरा आइपुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले धरानको चतरा क्षेत्रमा महाकुम्भ मेलाको भ्रमणपछि जनतासँग प्रत्यक्ष भेटघाट गर्ने बताउनुभयो ।
सिमरा पुग्नुभएका पूर्वराजा शाहले आउँदो वैशाख १ गतेदेखि धार्मिक स्थलको भ्रमण थाल्नु हुनेछ । भ्रमण अवधिभर उहाँ सिमरास्थित नातेदारको घरमा बस्नु हुनेछ ।
यसअघि उहाँको स्वागतका लागि बारा, पर्सा जिल्लाका विभिन्न स्थानबाट राष्ट्रवादी र राजसंस्थाको समर्थक सर्वसाधारणले स्वागत गरेका थिए ।











प्रतिक्रिया