२८ आश्विन २०८३, बुधबार

‘मुक्त कमलरीका मागप्रति सरकार सकारात्मक’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralaकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मुक्त कमलरीहरुको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदबारमा आज (मंगलबार) मुक्त कमलरीहरुको टोलीसँग भएको भेटघाटमा कोइरालाले मुक्त कमलरीका माग पुरा गर्न सरकार तयार रहेको बताए । उनले सरकारको प्राथमिकता नयाँ संविधान बनाउने वातावरण निर्माण गर्ने भए पनि मुलुकका अन्य विषमा समेत गम्भीर रहेको बताए ।

कांग्रेस सभासद अनिता देवकोटाका अनुसार प्रधानमन्त्री कोइरालाले कमलरीले अघि सारेका मागप्रति सरकार सकारात्मक बताए । ‘सरकार मुक्त कमलरीका मागप्रति अनिभिज्ञ छैन,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै सभासद देवकोटाले भनिन्, ‘मुक्त कमलरीहरुका सबै माग पुरा गर्ने प्रक्रियामा लैजान्छु ।’

मुक्त कमलरीहरुले रोजगारी, परिचय पत्रलगायतका माग पुरा गर्नुपर्ने भन्दै संयुक्त संघर्ष समिति गठन गरेर राजधानी केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

प्रधानमन्त्री कोइरालाले भेटका क्रममा आन्दोलनरत मुक्त कमलरीहरुलाई अन्दोलन स्थगित गर्न आग्रह गरे । उनले भने, ‘सरकार माग सम्बन्धमा सकारात्मक छ । तपाईहरु आन्दोलन गर्नुपर्ने आवश्यक्ता छैन ।’