२८ आश्विन २०८३, बुधबार

एमालेको गुटबन्दी अन्त्य गर्छु : नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav Nepalवीरगन्ज । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रको गुटबन्दी अन्त्य अनिर्वाय भई सकेको बताएका छन् ।

गृह जिल्ला रौतहटमा आज (मंगलबार) आयोजित राहत वितरण कार्यक्रममा नेता नेपालले पार्टीलाई नयाँ शिराबाट अघि बढाउने बताए । ‘गुटबन्दी प्रथालाई समाप्त पार्नुपर्छ,’ उनले भने, ‘नयाँ शिराबाट पार्टीलाई बलियो बनाउने अभियानमा म लागिपरेको छु ।’

सहमति र सहकार्यको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाउने उनको भनाई थियो । ‘एमालेलाई संगठनात्मक रूपमा बलियो बनाउने लागेको छु मलाई सबैले सहयोग गर्नु पर्छ,’ उनले भने ।

एमालेमा लोकतान्त्रिक प्रक्रियाअनुसार आमूल परिवर्तनको खाँचो रहेकाले सबैलाई समेटेर अघि बढ्न सक्ने योग्य व्यक्तिलाई अध्यक्ष बनाउनुपर्ने नेपालले बताए ।

ब्रह्मपुरी गाविसका २२ जनालाई जनही दश हजार, मृतक परिवारलाई १५ हजार तथा मत्सरी र पचरुखी गाविसका दुई परिवारलाई जनही दश हजार राहतस्वरूप वरिष्ठ नेता नेपाल आफैँ पुगेर आगलागी पीडित परिवारलाई वितरण गरेका थिए ।