२८ आश्विन २०८३, बुधबार

महासंघको मैदानमा एक्लै उत्रियो प्रेस युनियन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Press Union

काठमाडौं । प्रेस युनियनले नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि पत्रकार पोषण केसीको नेतृत्वमा एकल प्यानल सार्वजनिक गरेको छ ।
नेपाल प्रेस युनियनको आज (मंगलबार) राजधानीमा बसेको बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो । व्यावसायिक पत्रकारिता र श्रमजीवी पत्रकारहरुको पक्षमा उम्मेदवारहरु घोषणा गरिएको महासचिव शिव लम्सालले जानकारी दिए ।

 

युनियनले उपाध्यक्षमा रामजी दाहाल र महासचिवमा जगत नेपाललाई उम्मेदवार बनाएको छ । दाहाल र नेपाल दुवै महासंघका पूर्व सचिव हुन् । दाहाल हिमालसँग आबद्ध छन् भने नेपाल कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।

 

युनियनले समावेशी उपाध्यक्षमा नेपाल टेलिभिजनकी अनिता विन्दुलाई उम्मेदवार बनाएको छ । सचिवमा नेपाल टेलिभिजनकै दिलिप थापामगर, एसोसियट सचिवमा प्रकाश थापा र समावेशी सचिवमा गोविन्द परियारलाई उम्मेदवार बनाएको लम्सालले बताए । परियार अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत छन् ।

 

युनियनले कोषाध्यक्षमा राजेश मिश्रलाई उम्मेदवार बनाएको छ । युनियनले महिला सचिवमा बसुन्धरा गौतमलाई उम्मेदवार बनाएको छ । गौतम रेडियो स्वर्गद्धारी दाङमा कार्यरत छिन् ।

 

लेखा समितिको संयोजकका लागि युनियनले प्रदीप चापागाइँलाई उम्मेदवार बनाएको छ । चापागाइँ नेपाल टेलिभिजनमा कार्यरत छन् । उपत्यकामा शिरोमणि ढुंगाना र भूपेन्द्र आचार्य उम्मेदवार बनेका छन् ।

 

प्रतिष्ठान तर्फ नारायण अर्याल र सुबोध गौतमलाई युनियनले उम्मेदवार बनाएको छ । महिला सदस्यका लागि सलोजा दाहाल र प्रतिमा बास्कोटा तथा जनजाति सदस्यका लागि नारायण किलम्बु र मोहन वान्तवालाई उम्मेदवार बनाएको महासचिव लम्सालले बताए ।

 

प्रेस युनियनले कर्णालीमा बिनोद मल्ल, पूर्वाञ्चलमा कृष्ण हुमागाई र भक्तिविलास पोखरेल, मध्यमाञ्चलबाट शम्भु गौतम र शीतल महतो, पश्चिमाञ्चलबाट खिमानन्द भट्टराई र ओम घायल, मध्यपश्चिमाञ्चलबाट राजिव केसी र भीमबहादुर केसी तथा सुदूर पश्चिमाञ्चलबाट टेकेन्द्र देउवा र माधव धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 

वैशाख २१ र २२ मा काठमाडौंमा हुने महाधिवेशनका लागि प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघले महेन्द्र विष्टको अध्यक्षतामा संयुक्त प्यानल बनाउने निर्णय गरिसकेका छन् ।

 

प्रेस युनियनका उम्मेदवार यस्ता छन् :

 

अध्यक्ष: पोषण केसी
उपाध्यक्ष (खुल्ला): रामजी दाहाल
उपाध्यक्ष (समावेशी): अनिता बिन्दू
महासचिव: जगत नेपाल
सचिव (खुल्ला): दिलीप थापामगर
सचिव (एसोसियट): प्रकाश थापा
सचिव (समावेशी): गोविन्द परियार

सचिव (समावेशी): बसुन्धरा गौतम

कोषाध्यक्ष: राजेश मिश्र
उपत्यका: शिरोमणि ढुंगाना र भूपेन्द्र आचार्य
लेखा समिति संयोजक: प्रदीप चापागाई
प्रतिष्ठान: नारायण अर्याल र सुबोध गौतम
महिला सदस्य: सलोजा दाहाल र प्रतिमा बास्कोटा, अस्मिता भण्डारी
जनजाति सदस्य: नारायण किलम्बु र मोहन वान्तवा
पूर्वाञ्चल: कृष्ण हुमागाई र भक्तिविलास पोखरेल
मध्यमाञ्चल: शम्भु गौतम र शीतल महतो
पश्चिमाञ्चल: खिमानन्द भट्टराई र ओम घायल
मध्यपश्चिमाञ्चल: राजिव केसी र भीमबहादुर केसी
सुदुर पश्चिमाञ्चल: टेकेन्द्र देउवा र माधव धामी
कर्णाली: बिनोद मल्ल

 

प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार संघबीच भने यसअघि नै एलाइन्स भइसकेको छ । जसअनुसार चौतारी र संघले डा. महेन्द्र बिष्टलाई साझा उम्मेदवारका रुपमा अध्यक्षमा अघि बढाएका छन् ।

 

चौतारी र क्रान्तिकारी पत्रकार संघका उम्मेदवार यस्ता छन्:

अध्यक्ष: डा. महेन्द्र बिष्ट
उपाध्यक्ष: खिलबहादुर भण्डारी
महासचिव: उजिर मगर
सचिव: संगीता खड्का
कोषाध्यक्ष: सूर्यमणि गौतम
पूर्वाञ्चल: गणेश पोखरेल र गणेश लम्साल
मध्यमाञ्चल: चिरञ्जीवि मास्के र सुनिल खड्का
पश्चिमाञ्चल: हरिनारायण गौतम र रुद्र भट्ट
मध्यपश्चि: झलक गैरे र अजयदीप शर्मा
प्रतिष्ठान: सुरज आचार्य र रोशन पुरी
उपत्यका: रामहरि सिलवाल र इश्वरी वाग्ले
आदिबासी जनजाति: लक्की चौधरी र मोहनसिंह लामा
महिला: पबन बर्षा शाह, निलिफा सुब्बा र सरिता ढकाल
दलित: किसान संगीत नेपाली र कमल परियार
मधेशी: बेचु गौड र अजयकुमार मिश्र
कर्णाली: नवराज महतारा

 

प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघले समावेशीतर्फका पदाधिकारी र खुल्लातर्फका केन्द्रीय सदस्य भने टुंगो लगाउन बाँकी छ ।