काठमाडौं । व्यवस्थापिका–संसदमा सभासदहरुले स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि आवाज उठाएका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आज (मंगलबार) बसेको व्यवस्थापिका संसदको बैठकमा शून्य समयमा बोल्ने सभासदहरुले न्यायपालिकामा राजनीतिक हस्तक्षेप गर्न नहुने बताए । उनीहरुले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएका न्यायाधीशको कार्यदक्षतामा नभएको बताए ।
‘विगतमा विवादास्पद रहेको स्वतन्त्र न्यायपालिकाको अस्तित्व रक्षाका लागि पहल हुनुपर्छ,’ सभासदहरुले भने ।
उनीहरुले ग्रामीण क्षेत्रमा विकास निर्माणमा अनियमितता भएकामा सरकारी निकायले कुनै ध्यान नदिएको, केही समय पहिले सिन्धुली, ओखलढुङ्गा र खोटाङ जिल्ला जोड्ने पुल भाँच्चिए पनि त्यसलाई मर्मत गर्नका लागि कुनै पहल नभएको भन्दै आपत्ति प्रकट गरे ।
पीआर लिएका सरकारी कर्मचारीलाई कारबाहीको प्रक्रिया अगाडि बढान पनि उनीहरुले सरकारसँग माग गरे । संसदमा नै पिआर र डिभी लिएकाहरु रहेको भन्दै सभासदहरुले त्यस्ता सभासदलाई निलम्बन गर्न माग गरे ।
उनीहरुले कर्णाली अञ्चलका विभिन्न जिल्लामा खाद्य सङ्कट उत्पन्न भएकाले सरकारका तर्फबाट प्रभावकारी कदम चाल्न र समयमै खाद्य पदार्थ उपलब्ध गराउन आग्रह गरे ।











प्रतिक्रिया