२८ आश्विन २०८३, बुधबार

कतारमा मनमोहन स्मृति दिवस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MANMOHAN_ADHIKARI

कतार । प्रवासी नेपाली मञ्च कतारले कम्युनिष्ट आन्दोलका शिर्ष व्यक्तित्व तथा नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १५ औं स्मृति दिवस सम्पन्न गरेको छ ।

मञ्चका कार्यबाहक अध्यक्ष चानक पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम सचिब छबि प्यूठानीले संचालन गरेका थिए। उपस्थितलाई मञ्चका उपसचिव हरि बस्नेतले स्वागत गरेका थिए ।

मञ्चका केन्द्रिय सदस्य दोर्णबहादुर बस्नेतले मनमोहन अधिकारीको जीवनीलाई छोटकरीमा प्रस्तुत गरेका थिए ।

स्मृति दिवसका अबसरमा सल्लाहकार सदस्य अब्दुल हफिज मिया,पूर्ण केसी, मञ्चका सचिवालय सदस्य मुनाफ मिया, रामहरि गैरे, अमृत गुरुङ र कमलमणि गुरागाईंले मन्तब्य राखेका थिए ।

मन्तव्यमा मञ्चका सल्लाहकार परिषद सदस्य अदुल हफिज मियाले आफू बिद्यार्थी छँदा अधिकारीलाई भेटघाट गरेको समयको स्मरण गर पूर्ण केसीले मनमोहन अधिकारी नै नेपाली कम्युनिष्ट इतिहासको पहिलो सदस्य भएको वताए ।

यसैगरी, गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मक्सुद अलामले नेपाली इतिहास बोकेका शिर्ष व्यक्तित्वहरुको स्मरण सबै नेपालीहरुले गरि रहनुपर्ने विचार ब्यक्त गरे ।

सचिवालय सदस्य मुनाफ मियाले आफूहरु फलामे अनुशासन पालना गर्ने कसम खाएका कार्यकर्ता भएको भन्दै त्यही अनुरुप चल्नु पर्ने मनसाय ब्यक्त गरे ।

सचिवालय सदस्य रामहरि गैरेले संघारमा आएको महाधिबेशनलाई सम्पन्न गर्न सबै एकढिक्का भएर लग्नु पर्ने विचार राखे ।

मञ्चकै सचिवालय सदस्य अमृत गुरुङले मनमोहन जस्ता ब्यक्ति हाम्रो माझ नरहे पनि उहाँको विचार र ब्यबहारले नेपाली जनताको मन जितेकोले आज एमाले सबै भन्दा ठूलो कम्युनिष्ट पार्टीको रुपमा स्थापना हुन सफल भएको बताए ।

मन्तब्यकै क्रममा सचिवालय सदस्य कमलमणि गुरागाईंले मनमोहन अधिकारी नेपाली कम्युनिष्ट इतिहासको पहिलो सदस्य मात्र नभई उहाँ कम्युनिष्टहरुको पहिलो महासचिब पनि भएको बताए । अन्तिम स्थितिसम्म जनताकै हक अधिकारका लागि लड्दै आफू सत्तामा पुगेर चलाएको ९ महिने कार्यकाल हिले सम्मकै नमुना सरकार भएको जानकारी गराउँदै अब आउने वा बन्ने नेकपा एमालेको सरकार पनि त्यही प्रकारको हुनुपर्ने बिचार ब्यक्त गरे ।