२८ आश्विन २०८३, बुधबार

एमबीबीएसमा मनपरि शूल्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisaकाठमाडौं । सरकारले चिकित्सा विज्ञान (एमबीबीएस) अध्ययन शुल्क निर्धारणमा वास्तै नगरेपछि मेडिकल कलेजहरुले यो वर्षका लागि ४२ लाख रुपियाँ तय गरेको छन् ।

शिक्षा मन्त्रालयले गठन गरेको शुल्क प्रस्ताव समितिले ३ वर्षअघि सवा ३१ लाख रुपियाँ प्रस्ताव गरे पनि कार्यान्वयन नहुँदा मेडिकल कलेजको मनपरी चल्दै आएको छ । कलेज सञ्चालकले आपसी समझदारीमा शुल्क तय गर्छन् ।

मेडिकल कलेजआबद्ध एसोसिएसनका अध्यक्ष तथा नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा। सुरशे कनौडियाले गत वर्ष ४० लाख बनाइएको बताए ।

‘सबै कुरा महँगिएकाले अध्ययन शुल्क बढाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘राष्ट्र बैंकले प्रक्षेपण गर्ने बजार मूल्यका आधारमा शुल्क निर्धारण गरिएको हो, मनपरी होइन ।’ सरकारले नै विगत केही वर्षदेखि शुल्क निर्धारण नगरेको उनले बताए ।

मन्त्रालयले भने मेडिकल कलेजलाई आफूखुसी शुल्क तय गर्ने अधिकार नरहेको बताएको छ । सहप्रवत्ता रोजनाथ पाण्डेले शिक्षामन्त्रीको अध्यक्षमा गठन भएको उच्चस्तरीय समितिले समग्र मेडिकल शिक्षाबारे अध्ययन गरिरहेको जानकारी गराउँदै मनपरी गर्नेलाई कारबाही गरिने बताए । कारोवार दैनिकबाट