२८ आश्विन २०८३, बुधबार

हार्ने डरले केन्द्रको मनोनीत कोटामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khimalal-Devkotaकाठमाडौं । एमाओवादीका आधा दर्जन नेताहरू राष्ट्रिय सम्मेनको प्रतिनिधि बन्न बञ्चित भएका छन् । निर्वाचनमा जाँदा पराजय हुने डरले ती नेताहरूले केन्द्रबाट मनोनीत प्रतिनिधिको कोटा रोजेका छन् ।
पार्टी एमाओवादी समितिले सम्मेलनमा सहभागी हुन एमाओवादी नेताहरूलाई जिल्ला नै तोकेर अनिवार्य निर्वाचित भएर आउनुपर्ने प्रावधान बनाए पनि आधा दजर्न एमाओवादी नेताहरूले केन्द्रको मनोनीत कोटा रोजेका हुन् । केन्द्रले सम्मेलनका लागि २५ प्रतिशत प्रतिनिधि मनोनीत गर्न पाउने व्यवस्था एमाओवादीले गरेको छ ।
विशेषगरी काठमाडौं र ललितपुरबाट प्रतिनिधि चुनिनुपर्ने केन्द्रीय स्तरका नेताहरू केन्द्रको मनोनीत कोटामा बसेका छन् ।

यसरी केन्द्रको मनोनीत कोटा रोज्नेमा केन्द्रीय सदस्य शशी शेरचन (स्वनाम साथी), सविना अर्याल, गंगा बेल्वासे, सरिता डंगोल, खिमलाल देवकोटादेखि पार्टी एमाओवादीका सल्लाहकार परिषदका अध्यक्ष नन्दकुमार प्रसाइँ, जेबी टुहुरे, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षत्री, कानुन व्यवसायी चण्डेशवर श्रेष्ठ, नन्दकुमार थापासम्म रहेका छन् । राजधानी दैनिकबाट