बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

सङ्गीताद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

दैनिक नेपाल २०७१ वैशाख १६ गते ६:०६

Sangeetaकाठमाडौँ । मध्यमाञ्चलकी सङ्गीता खड्काले छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा एथलेटिक्सतर्फ एक हजार ५०० मिटर दौडमा आज विद्यालयस्तरीय नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा सङ्गीताले निर्धारित दूरी ५ मिनेट १२ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

२०४६ मा मध्यमाञ्चलकै सुबास्ना पन्थले बनाएको ५ मिनेट १३.२ सेकेन्डको कीर्तिमानलाई सङ्गीताले तोडेकी हुन् । कीर्तिमानसँगै उनले रु १० हजार पुरस्कार प्राप्त गरिन् ।

यस्तै, पश्चिमाञ्चलकी निर्मला क्षेत्री (५ मिनेट २१.५१ सेकेन्ड) दोस्रो तथा मध्यपश्चिमाञ्चलकी रेश्मा बस्नेत (५ मिनेट २७.८० सेकेन्ड) समय खर्चदै तेस्रो भइन् ।

सोही स्पर्धाको छात्रमा पूर्वाञ्चलका हर्कबहादुर लुहागुनले स्वर्ण पदक जिते । उनले ४ मिनेट २२.५० सेकेन्ड समय खर्चर्दै विजयी भएका हुन । सुदूरपश्चिमाञ्चलका सन्तोषविक्रम विष्टले ४ मिनेट २४.७० सेकेन्ड समय लगाउँदै रजत हात पारे भने मध्यपश्चिमाञ्चलका दिनेश आफ्रले ४ मिनेट २७.२६ सेकेन्डमा पार गर्दै कास्यपदक प्राप्त गरे ।

यस्तै, छात्र ट्रिपलजम्पमा मध्यमाञ्चलका राहुल परियार शीर्ष स्थानमा रहे । उनले १२.८२ मिटर हाम्फाले । सुदूरपश्चिमाञ्चलका प्रवीणबहादुर पाल दोस्रो र मध्यमाञ्चलका जङ्गबहादुर थारु तेस्रो भए ।

सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी विष्णु आले ९.७५ मिटर हाम्फाल्दै पहिलो स्थानमा रहिन् भने पश्चिमाञ्चलकी विमला चौधरी दोस्रो एवम् मध्यमाञ्चलकी रिङ्कु परियार तेस्रो भइन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको छात्रा १०० मिटर दौडमा मध्यपश्चिमाञ्चलकी सरस्वती चौधरीले शीर्ष स्थान हासिल गरिन् । उनले १३.२० सेकेन्डमा समय खर्चर्दै शीर्ष स्थान हासिल गरेकी हुन् । पश्चिमाञ्चलकी विमला चौधरी दोस्रो र मध्यपश्चिमाञ्चलकी विष्णु आले तेस्रो भइन् ।

सोही स्पर्धाको छात्रमा मध्यमाञ्चलका पासाङ तामाङले ११.२० सेकेन्ड समय लगाउर्दै स्वर्णपदक हात पारे भने पश्चिमाञ्चलका दीलिप थापा रजत तथा मध्यमाञ्चलका मिथुन चौधरीले कास्यपदक प्राप्त गरे ।

 

प्रतिक्रिया
सम्बन्धित