२८ आश्विन २०८३, बुधबार

‘सेक्स दालभात तरकारीजस्तै’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sumina-ghimire

कति हिरोइनलाई दोष लगाउनु? कि काम गर्दिन भन्नुपर्‍यो, कि त निर्देशकले भनेअनुसारका दृश्य दिनुपर्‍यो। कामै नगरेपछि मुखमा माड कसरी लगाउनु? कुरा फिल्म ‘स्टार’को हो र फिल्ममा प्रयोग गरिएको संवादको हो। फिल्मको ट्रेलरमा अभिनेत्री सुमिना घिमिरेका मुखबाट एउटा संवाद बोल्न लगाइएको छ, ‘सेक्स दालभात तरकारीजस्तै हो।

खाए अघाइन्छ, नखाए भोक लाग्छ।’ हेर्नेले सोचे होलान्, ‘सुमिनाले के भन्या यस्तो!’ यसमा हिरोइनको के दोष? संवाद लेख्नेले त्यस्तै लेखे र निर्देशकले उस्तै बोल्न लगाए। ‘स्टार’को एउटा तस्बिरमा सुमिना रातो चोली सारी त के भन्नु, ब्रा र सारीमा देखिएकी छिन्। गीत छ, ‘मेरो चोली त यति राम्रो छ, यसभित्र…(यतिभन्दा बढी लेख्न सकिँदैन )।’ स्टार बन्न एउटी युवतीले गरेको संघर्षका कथा उनिएको भनिएको फिल्ममा साँच्ची के भन्या यस्तो!