२८ आश्विन २०८३, बुधबार

काठमाडौंको कृषि फार्म घुम्दै जापानी राजदूत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japaneseकाठमाडौं, २४ चैत । नेपालका लागि जापानका पूर्व राजदूत कामिनागा केन्जी नेपालको कृषि फार्म घुम्न व्यस्त छन् ।

एनआरएनका पूर्व अध्यक्ष देवमान हिराचनकाले स्थापना गरेको ग्लोवल क्यापिटल ईन्भेष्टमेन्ट लिमिटेडले काठमाडौंको रामकोटमा सञ्चालन गरेको मोडेल फार्म निरिक्षणमा पुगेका केन्जीले साना किसानलाई कृषिमा आत्मनिर्भर नबनाएसम्म समग्र नेपालीले चाहेजस्तो परिवर्तन पनि नहुने दावी गरे ।

ग्लोबल क्यापिटल ईन्भेष्टमेन्ट लिमिटेडले कृषि मार्फत नेपालको आर्थिक परिवर्तन गर्ने लक्ष्य सहित अभियान थालेकाले यसलाई सफल बनाउन आँफुहरुले सहयोग गर्ने प्रतिवद्धता केन्जीले बताए । अर्गानिक अभियानमा आफ्नो सदैब साथ रहने भन्दै उनले वास्तविक किसानको जीवनस्तर उठाउन पहल गर्ने पनि बताए । फार्म निरिक्षण पछि केन्जीले मोडेल फार्म साँच्चिकै मोडेल रहेको प्रतिक्रिया दिए ।

सम्पूर्ण रुपमा फार्मलाई सफा र उत्कृष्ट बनाइएकोमा उनले धन्यवाद समेत दिए ।

कम्पनीले मोडेल फार्मलाई किसानको तहसम्म लगेर नयाँ प्रबिधि र सिपबारे जानकारी गराउनुपर्ने सुझाब पनि पुर्व राजदुत केन्जीले दिए ।

फार्म अवलोकनका क्रममा केन्जीको साथमा जापानका कृषि प्राबिधिकहरुको पनि सहभागिता रहेको थियो ।

नेपालको अर्थतन्त्र कृषि मार्फत परिवर्तन गर्ने लक्ष्य सहित स्थापना गरिएको ग्लोवल क्यापिटल ईन्भेष्टमेन्ट लिमिटेडले हाल प्राङ्गारिक खेती गर्ने किसानलाई आर्थिक, प्राबिधिक र बजारीकरणको क्षेत्रमा सहयोग गर्ने योजना ल्याएको छ । सोही योजनालाई मुर्त रुप दिन कम्पनिले काठमाडौंको रामकोटमा मोडेल अर्गानिक कृषि फर्मको सुरुवात गरेको हो ।