बनेपा । नेपाल पत्रकार महासंघ काभ्रेको नवौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
प्रजातान्त्रिक समूहको नेतृत्व गरेका नारायण सापकोटा ४८ मत प्राप्त गरी विजयी भएका छन् । एक मतको अन्तरले प्रगतिशील समूहका मधुसूदन गुरागाईं पराजित भए ।
यस्तै उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः रमा दाहाल, बद्रीराज तिमिल्सिना, उजाड रक्तिम र कपिल कोइराला विजय भएका छन् ।
प्रगतिशील समूहका कार्यसमिति सदस्य केशव पौडेल र केदारनाथ तिमिल्सिनाबाहेक अन्य पदमा प्रजातन्त्रिक समूह विजयी भएका छन् ।
त्यस्तै, प्रजातान्त्रिक समूहबाट सात र प्रगतिशील समूहबाट सात जना पार्षदमा विजयी भएका छन् । चौधजनाको सभासद् पदमा २९ जनाले उम्मेदवारी दिएका थिए ।
लामो समयको सदस्यता विवादका कारण फागुन २२ गते हुने भनिएको अधिवेशन हुन सकेको थिएन ।












प्रतिक्रिया