
काठमाडौं, २८ चैत । घरजग्गा कर नतिरेपछि काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित ट्रेड टावरमा तालाबन्दी गरेको छ । पटक पटक पत्राचार गर्दा पनि कर तिर्न अटेर गरेपछि तालाबन्दी गर्नु परेको महानगगरका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण अर्यालले जानकारी दिए । टे्रड टावरले सञ्चालनमा आएदेखि नै महानगरलाई घरजग्गा, व्यवसाय र बहाल कर नबुझाएको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले बताए । उनका अनुसार टावरको घरगग्गा करबापत मात्र एक करोड ५० लाख रुपैयाँ बाँकी छ । बहाल कर बाषिर्क औसतमा १५ लाखले ३ वर्षको ४५ लाख रुपैयाँ र व्यवसाय कर करिब ५० हजार रुपैयाँ पनि बुझाउन बाँकी छ । ‘कर तिर्न पटक पटक मौखिक र लिखित पत्राचार गर्यौँ, पत्रिकामा ७ दिने सूचनासमेत छाप्यौँ तर अटेर गर्यो, काफ्लेले भने,’त्यसैले स्थानीय स्वायत शासन एने २०५५ को दफा १६५ को २ (क) को व्यवस्था अनुसार कारबाही अघि बढाएका हौँ ।’ ऐनमा प्रत्येक आर्थिक बर्षमा नजिकका कर अधिकृत कहाँ कर तिर्नुपर्ने प्रष्ट उल्लेख छ । कारोवार दैनिकबाट











प्रतिक्रिया