२८ आश्विन २०८३, बुधबार

ब्लु फिल्मकी नायिकासँगै निशा अधिकारी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-leone-nisha-adhikari

काठमाडौं । नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको सम्बन्धले केही हप्तायता फिल्मवृत्त र मिडियामा निकै चर्चा पाइरहेको छ। फिल्म हेर्नसँगै हल पुग्ने, शरदको सम्मान कार्यक्रममा विना निम्तो उपस्थित हुने र फेसबुकमा शरदको प्रसंशामा शब्द खर्चिएको कारण निशा र शरदको नाम जर्बजस्त जोडिरहेको छ। सम्बन्धलाई अझ चर्चामा ल्याउने काम निशा स्वयमले गरिरहेकी छिन्।

केही दिन अघि उनले शरदसँगको एउटा एक्स्क्लुसिभ फोटो फेसबुकमा शेयर गरेकी छिन्। तस्बिरमा पूर्वपोर्नस्टार (ब्लु फिल्मकी नायिका) सन्नी लियोनको दम्पत्तिसँग निशा र शरदलाई देख्न सकिन्छ। फोटोसँगै उनले अफस्क्रिनमा सन्नी अझ सुन्दर देखिने भन्दै तारिफ पनि गरेकी छिन्।

कामख्या इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको न्यु इयर पार्टीमा सहभागी हुन सन्नी नेपाल आएकी थिइन्। जुन पार्टीको होस्ट निशाले गरेकी थिइन्। सन्नीसँगको एउटै फ्रेममा फोटो शेयर गरेपछि कतिपयले उनीहरुको अनुहार मिलेको प्रतिक्रिया दिएका छन् भने कतिले पोर्न स्टारसँग गर्वका साथ फोटो खिचाएकोले उनको आलोचना पनि गरेका छन्। तर जसले जे भने पनि सन्नी र शरदसँग फोटो खिचाउन पाउँदा निशा मक्ख परेकी छिन्।