यूएई । जनवादी गायक महेश बुढाथोकीलाई यूएईमा प्रवासी नेपाली मञ्चले एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
बिगत लामो समयदेखि जनवादी गायनमा सक्रिय रहेका बुढाथोकी एक साँस्कृतिक कार्यक्रमका लागि दुबई आएका थिए । सोहि अवसरमा नेकपा (एमाले)को प्रवास संगठन प्रवासी नेपाली मञ्च यूएईले गत शुक्रवार २५ अप्रिलका दिन एक सम्मान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका क्रममा उनले १६ बर्षे उमेरैमा बोलको जवादी गीत प्रस्तुत गरेका थिए ।
गीत संगीत मार्फत जनतालाई सुसुचित गराउने कार्यमा २०४२ सालदेखि नै सक्रिय रहेका बुढाथोकी भौतिक सुखसयलको प्राप्तिको खोजीमा भन्दा जनताको मन जित्नुपर्नेतर्फ लाग्नुपर्नेमा जोड दिन्छन । रोजगारीको शिलशिलामा रहेरपनि संगठनप्रतिको अपार झुकाव र क्रियाशीलताको उनले खुलेर प्रशंसा गरे । उनले जनचेतनाका लागि दिनरात जनतामाझ खट्ने सबै जनवादी कलाकारहरुको बिस्तृत विवरण सहितको एकिकृत अभिलेखीकरणको आवस्यकता रहेको औंल्याए । जनता जगाउने अभियानमा सिंगो जीवन समर्पित गर्ने कलाकारहरुको उचित संरक्षण हुन नसकेको र यसैकारण कतिपय कलाकारहरु पलायन भइरहेकोप्रति उनले चिन्ता प्रकट गरे । पथरी -१, मोरंगका स्थायी निवासी बुढाथोकी एमाले निकट जनवादी गायक हुन् |
पछिल्लो समय ब्याबशायिक गायनमा समेत सक्रिय रहेका उनको काफल गेडी कुटुक्कै, कमर बारुलै, बस्ला है माया, हंकंग सिंगापुर, भुतुक्कै बनायो लगायत लोक गीति एल्वमले नेपाली लोक गायन क्षेत्रमा अत्याधिक सफलता हासिल गरिसकेको छ । भर्खरै उनले नयाँ गीत “वल्ली होइन पल्ली” बजारमा ल्याएका छन् । उनि आफ्नो एल्वममा अरुले लेखेको गीत नगाउने मध्येका एक प्रतिभावान कलाकार हुन् । उनका एल्वमका सबै गीतहरु उनि आफैं लेख्छन र त्यसमा संगीत पनि आफैं भर्दै आइरहेका छन् ।
मञ्चका अध्यक्ष प्रकाश कोइरालाको सभापतित्व रहेको उक्त कार्यक्रमको संचालन मञ्चकै महासचिव उत्तम अधिकारीले गरेका थिए । कार्यक्रममा पथरी युवा समाज यूएईका अध्यक्ष कृष्ण पौडेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका सबै वक्ताले गायक बुढाथोकीको निरन्तरको क्रियाशीलताको प्रशंसा गर्दै उनले प्राप्त गरेका सफलता र उनको सादा जीवनको बारेमा चर्चा गरे । मञ्चले उक्त अवसरमा उनको चर्चित गीतहरुको कलेक्सन एल्वम १०० प्रति खरिद गर्दै सहयोग गरेको थियो | सोहि अवसरमा कार्यक्रमका सहभागी सबैले खादा ओढाई मञ्चको तर्फबाट सम्मान पत्र सहित गायक बुढाथोकीको सम्मान गरिएको थियो ।













प्रतिक्रिया