
एएफपी
वासिङटन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्यमा आएको शक्तिशाली आँधीमा परी १० व्यक्तिको मृत्यु भएको छ ।
अमेरिकाका आर्कान्सस र आक्लाहोमा राज्यको सङ्कट व्यवस्थापन अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार ती क्षेत्रमा आधीको प्रभाव देखिएको छ ।
अर्कान्सस सङ्कट व्यवस्थापन विभागका अधिकारीका अनुसार सो आधीका कारण आठ व्यक्तिको मृत्यु भएको छ ।
त्यसैगरी ओक्लाहोमामा पनि दुई व्यक्तिको सोही घटनामा मृत्यु भएको ओक्लाहोमा सङ्कट व्यवस्थापन विभागका अधिकारीहरुले जनाएका छन् ।
आधी प्रभावित क्षेत्रमा सहयोगको लागि सैनिक, प्रहरी, सुरक्षाकर्मी तैनाथ गरिएको जनाइको छ । सो आँधीबाट केही भवनहरु क्षतिग्रस्त भएको ओक्लाहोमाको सो विभागले एएफपी समाचार समितिलाई जनाएको छ ।
आधीबाट भएको क्षतिको पूरा विवरण आइसकेको छैन । अधिकारीहरुले उद्वारको काम जारी रहेको बताएका छन् । सोमबार बिहानसम्म पनि सो क्षेत्रमा आधीको प्रभाव रहेको भन्दै उद्वारका लागि पूर्ण रुपमा प्रयासहरु जारी राख्न सकिएको छ्रैन ।











प्रतिक्रिया