२८ आश्विन २०८३, बुधबार

आयोगबाट द्वन्द्वको घाउ मेटाउँछौं : गौतम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautamअर्घाखाँची, १५ वैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउनु पर्ने बताएका छन् ।

उनले दशवर्षे द्वन्द्वको घाउ मेटाउन सरकार प्रतिबद्ध भएर लागेको समेत बताए । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको नवनिर्मित कार्यालय भवनको आज (सोमबार) उदघाटन गर्दै गौतमले शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउनु पर्ने दोहराए ।

‘देशमा दिगो शान्ति स्थापना गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउनुपरेको छ’, उनले भने, ‘एक वर्षभित्रमा संविधान जारी गर्ने सरकारको प्रमुख काम पनि हो ।’

उनले संविधान बन्नुअघि स्थानीय निकायको निर्वाचन गर्नु पर्ने बताए । विकास निर्माणका काम अगाडि बढाउने कार्यलाई प्राथमिकतामा राखेको बताउँदै उनले लामो समयदेखि जननिर्वाचित प्रतिनिधि नहुँदा स्थानीय निकायमा जनताको काम राम्रोसँग अगाडि बढ्न नसकेको बताए ।

‘जनतालाई शक्तिशाली बनाउने स्थानीय निकायको निर्वाचनको विरोध गर्नु उपयुक्त हुँदैन’, उनले भने ।

उनले सरकार एक वर्षभित्रमा नेपाली जनताको संविधान निर्माण गर्न लागिपरेको र सबै राजनीतिक दललाई सहमतिमा ल्याएर काम अगाडि बढाइ रहेको उल्लेख गरे ।