२८ आश्विन २०८३, बुधबार

आगलागीमा करिब ८५ लाखको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aagoकाठमाडौं । काठमाडौंस्थित ‘कोटेश्वर तरकारी बजार’ मा आगलागी हुँदा करिब ८५ लाख बराबरको क्षति भएको छ ।
निजी क्षेत्रबाट सञ्चालित तरकारी बजारमा आज (सोमबार) बिहान करिब ४ बजे विद्युत् सर्ट भई आगलागी भएको प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

बजारका १५ बिक्री कक्षमध्ये ११ वटामा राखिएका आलु, प्याज, लसुन, बन्दा काउलीलगायत तरकारी जलेर नष्ट भएका छन् ।
आगलागी भएको जानकारी पाउने वित्तिकै सुरक्षाकर्मी, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको थियो । आगलागी भएका पसलको बीमा रहेको प्रहरी भनाई छ ।