इलाम । हवाहुरी र चट्याङले आइतवार राती इलाममा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
चट्याङले लागेर मृत्यु हुनेमा इलामको जितपुर गाविस ५ का बर्ष ३५ का नेत्रबहादुर मगर रहेका छन् ।
चट्याङले जितपुरकै रमिला राई, शान्ता मगर र उनका ६ महिने शिशु घाइते भएका छन् । यस्तै अध्याधिक हावाहुरी चलेर रुख भाँचिदा इलामकै सोयाक गाविस वडा नं २ की धनकुमारी घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । सोही रुखले लागेर धनकुमारीका पति श्याम घिमिरे घाइते भएका छन् । घाइतेको जिल्ला अस्वताल इलाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यता, संखुवासभाको खराङवाला गाविसमा गए राति परेको हावाहुरी र चट्याङ पर्दा ३१ जना घाइते भएका छन् ।
तीमध्ये आठ जना गम्भीर छन् । घाइतेमध्ये धनमाया काफ्लेको भने स्थिति चिन्ताजन छ । उहाँको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठानमा भइरहेको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र गम्भीर घाइते सात जनालाई जिल्ला अस्पताल खाँदबारी लगिँदै गरेको प्रहरीले बताएको छ ।
चट्याङले खराङ–२ की काफ्लेको घर पूर्ण रुपमा क्षतिग्रस्त पारेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।












प्रतिक्रिया