२८ आश्विन २०८३, बुधबार

युवा पुस्तालाई मिर्गौला रोगबाट जोगाऔं: स्वास्थ्यमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khagaraj-adhikary

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले नयाँ पुस्तालाई मिर्गौला रोगको जोखिमबाट बचाउन सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभएको छ ।

स्थानीय वनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रको निरीक्षणका क्रममा उहाँले सरकारले विद्यालयस्तरका सबै बालबालिकाको मिर्गौला परीक्षण गराई आवश्यक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सोच बनाइरहेको बताउनुभयो ।

नेपालमा मिर्गौला रोगको समस्या भयावह रुपमा बढिरहेको परिप्रेक्ष्यमा मिर्गौलाका बिरामीलाई सक्दो सहयोग पु¥याउन सरकार सक्रिय रहेको बताउँदै स्वास्थ्यमन्त्रीले विद्यमान कानुन संशोधन गरेर भए पनि मिर्गौला प्रत्यारोपणलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राजधानीमा मात्र केन्द्रित रहेको हेमोडायलाइसिस (मिर्गौला रोगीको रगत शुद्धीकरण गर्ने यान्त्रिक प्रक्रिया) सेवालाई देशका विभिन्न भागमा सर्वसुलभ गराउन केन्द्रलाई आग्रह गर्दै उहाँले नारायणी अञ्चल अस्पताल र भेरी अञ्चल अस्पतालमा सो सुविधा सुरु गरिहाल्न जोड दिनुभयो ।

केन्द्रका प्रमुख तथा मिर्गौला विशेषज्ञ डा ऋषिकुमार काफ्लेले सरकारले पाँच वर्षदेखि ज्येष्ठ नागरिक र विपन्न वर्गका मिर्गौला रोगीलाई हेमोडायलाइसिस सेवामा दिंदै आएको सुविधामा समयानुकूल परिमार्जन गर्न अति जरुरी भइसकेको बताउँदै पुरानै नीतिअनुसार सो सेवालाई निरन्तरता दिन अब सम्भव नहुने स्पष्ट गर्नुभयो ।

मिर्गौला प्रत्यारोपण गर्ने प्रतीक्षामा रहेका र प्रत्यारोपण गरिसकेका बिरामीलाई सरकारले विशेष ध्यान दिनुपर्ने औँल्याउँदै डा काफ्लेले प्रत्यारोपण गरेका बिरामीले जीवनभर सेवन गर्नुपर्ने औषधि निकै खर्चिलो भएकाले बिरामी र परिवारलाई निकै मर्का परिरहेको उल्लेख गर्नुभयो ।

नेपालमा हाल करिब एक हजार बिरामी नियमित हेमोडायलाइसिस प्रक्रियामा छन् । एक पटक सो प्रक्रिया लिन करिब तीन हजार खर्च लाग्छ । बिरामीले साताको दुई पटक यस्तो सेवा लिनुपर्छ ।

नेपालमा हाल मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध भए पनि पर्याप्त नभएकाले कतिपय बिरामी मिर्गैाला प्रत्यारोपण गर्नकै लागि अझै पनि विदेश जान बाध्य भइरहेका छन् । मिर्गौला रोगीका आफन्तले सरकारसँग मिर्गौला रोगीका लागि सुविधा बढाउन माग गरेका छन् ।