कञ्चनपुर। एकीकृत नेकपा (माओवादी) कञ्चनपुरका अध्यक्षमा टेकेन्द्रप्रसाद भट्ट चयन हुनुभएको छ ।
एमाओवादीको यही वैशाख १३ र १४ गतेको चौथो जिल्ला सम्मेलनबाट भट्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । एमाओवादी कञ्चनपुरका अनुसार भट्टको अध्यक्षतामा ३२ सदस्यीय जिल्ला कमिटी विस्तार गरिएको छ । विगतका सम्मेलनबाट एमाओवादीले झन्डै तीन सय बढीको जिल्ला सदस्य कमिटी गठन गरे पनि यस पटक भने ३२ सदस्यीय जिल्ला कमिटी विस्तार गरेको हो ।
यस्तै १८ सदस्यीय सल्लाहकार समिति बनेको छ । एघार सदस्यलाई केन्द्रीय प्रतिनिधिमा समेत छनोट गरिएको एमाओवादी नेता गोपाल रसाइलीले जानकारी दिनुभयो ।
स्याङ्जामा शैलेन्द्र
एकीकृत नेकपा (माओवादी) स्याङ्जाको तेस्रो जिल्ला सम्मेलनले शैलेन्द्र घिमिरेको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
आइतबार राति अबेर सम्पन्न सम्मेलनले उपाध्यक्षमा जगदीशप्रसाद गैह्रे, सचिवमा प्रकाश न्यौपाने, कोषाध्यक्षमा हरि भट्टराई र सह–सचिवमा रनबहादुर गुरुङलाई निर्विरोध निर्वाचित गरेको निर्वाचन संयोजक दुर्गानारायण ढकालले जानकारी दिनुभयो ।
गत वैशाख १२ गतेबाट सुरु भएको जिल्ला सम्मेलनले ११ सदस्सीय केन्द्रीय प्रतिनिधि पनि चयन गरेको छ ।











प्रतिक्रिया