२८ आश्विन २०८३, बुधबार

ओली अस्पताल भर्ना, मेनेन्जाइटिसको आशंका

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-sharma-oli

काठमाडौँ, १५ वैशाख । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली आइतबार राति उपचारार्थ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना हुनुभएको छ ।

गत महिना भारतको म्याक्स अस्पतालमा एक महिना उपचार गरी स्वदेश फर्कनुभएका नेता ओलीलाई गए राति ज्वरो आउने र बान्ता भएपछि चिकित्सकको सल्लाहमा बिहान २ बजे भर्ना गरिएको हो । स्वदेश फर्केयता केही दिन पार्टीका कार्यक्रम र कार्यकर्ता भेटघाटमा व्यस्त रहनुभएका नेता ओली अहिले अस्पतालमा आराम गरिरहनुभएको एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।

अस्पताल स्रोतका अनुसार नेता ओलीलाई मेनेन्जाइटिसको आशंकामा ढाडको पानी निकालेर परीक्षण भइरहेको बुझिएको छ । उहाँलाई नसा र मिर्गाैला विशेषज्ञ चिकित्सकले परीक्षण गरिरहनुभएको छ । ओलीको सात वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । ओली पुनः अस्वस्थ भएपछि पार्टीको नवौंँ महाधिवेशनको तयारीका लागि दस्तावेज लेखनलगायत पूर्वनिर्धारित कार्यक्रम प्रभाव हुन सक्ने औंल्याइएको छ ।

१२ दिन अघिमात्र उपचार गराएर भारतबाट फर्किएका ओलीलाई स्वास्थ्योपचारका लागि अझै केही दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकको भनाइ छ ।

भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालका चिकित्सकहरुले कम बोल्न र आराम गर्न सल्लाह दिए पनि स्वदेश फर्केलगत्तै ओली महाधिवेशनको दौडधुमा लाग्नुभएको थियो ।