२८ आश्विन २०८३, बुधबार

सरकारी कर्मचारीले पिआर लिनु ठीक होइन : हरिवंश आचार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hari-bamsha-acharya

लन्डन । हास्य कलाकार हरिवंश आचार्यले सरकारी कर्मचारीले पिआर लिनु नाजायज हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ, बेलायतले लन्डनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कलाकार आचार्यले डिभी, विदेशी नागरिकता वा पिआर लिने निजामति कर्मचारीहरुलाई कारवाही गर्ने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको अभियानको समर्थन गरेका हुन् ।

सरकारी कर्मचारीलाई आफ्नो देशको धेरै गोप्य कुरा थाहा हुने भन्दै आचार्यले विदेशी नागरिकता लिएर अरु देशप्रति बफादार हुँदा राज्यको गोप्यता भंग हुन सक्ने बताए ।

कलाकार आचार्यले गैर आवासीय नेपालीको भने खुलेर समर्थन गरेका छन् । प्रवासमा बस्ने नेपालीले पठाएको रेमिट्यान्सले देश धानेको बताउँदै उनले देश विकासमा गैर आवासीय नेपालीको योगदान प्रशंसनीय रहेको बताए । आचार्यले गैर आवासीय नेपालीलाई दोहोरो नागरिकता दिने प्रसंगमा विदेशी नागरिकता लिए पनि वंशजको आधारमा प्राप्त नेपाली नागरिकता सधैं कायम रहोस् भन्ने आफ्नो मान्यता रहेको जनाए ।

कलाकार मदनकृष्ण श्रेष्ठले विदेश बस्ने नेपालीले आफूहरुप्रति दर्शाएको मायाप्रति कृतज्ञता व्यक्त गरे ।

पत्रकार सम्मेलनमा मह यात्राका संयोजक कुल आचार्यले भिसा नआइसकेकाले पूर्व घोषित कार्यक्रम अनुसार गायिका अन्जु पन्त उपस्थित हुन नसक्ने जनाए ।