२८ आश्विन २०८३, बुधबार

नेता ओली फेरि बिरामी, टिचिङ अस्पतालमा भर्ना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-sharma-oli

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि बिरामी पर्नुभएको छ ।

केही दिन यता फेरि अस्वस्थ भएका ओलीलाई आइतबार राति शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ । ओलीको शरीरमा पानीको मात्रा कम रहेको र वान्ता पनि भएकालेअहिले स्लाइनबाट उपचार गरिएको छ । उहाँको स्वास्थ्य सामान्य रहेको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

१२ दिन अघिमात्र उपचार गराएर भारतबाट फर्किएका ओलीलाई स्वास्थ्योपचारका लागि अझै केही दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकको भनाइ छ ।

भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालका चिकित्सकहरुले कम बोल्न र आराम गर्न सल्लाह दिए पनि स्वदेश फर्केलगत्तै ओली महाधिवेशनको दौडधुमा लाग्नुभएको थियो ।