२८ आश्विन २०८३, बुधबार

राजधानीका चर्चित डन पक्राउ पर्न सकेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dinesh Adhikari & Ganesh Lamaकाठमाडौं। काठमाडौं प्रहरीले शुरु गरेको गुन्डागर्दी नियन्त्रण अभियानमा दुई सयभन्दा धेरै पक्राउ परेका छन् । तर, राजधानीमै नाम चलेका दर्जन गुन्डागर्दीका नाइके अझै पक्राउ परेका छैनन् ।

डनको सूचीमा रहेका रमेश बाहनु भनिने सुजन पौडेल र चरी भनिने दिनेश अधिकारी लामो समयदेखि मोस्ट वान्टेड सूचीमा छन् । उनीहरु पक्राउ परेका छैनन् । उनीहरु बाहेक कुमार घैटे, साजन महर्जन, माइला लामा, पूर्ण गुरुङ, राजु गोर्खाली, दावा लामा, उमेश लामा, रोज राणा (सरोज थापा), उमेश गुरुङलगायत पनि रमशे खरेल काठमाडौंको प्रहरी प्रमुख भएपछि पक्राउ परेका छैनन् ।

काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलले थालेको गुन्डागर्दी विरुद्धको अभियानमा करिब दुई सय भन्दा बढी व्यक्ति पक्राउ परेका छन् । तीन मध्ये ४ जनालाई जेल चलान गरिएको छ भने केहीलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमै राखेको छ भने अन्य सामान्य धरौटीमा छुटेको छन् ।
सबैभन्दा पहिले क्यासिनो किङका उपनामले चिनिने बलराम सापकोटा बले फन्दामा परे । २३ माघमा खरेललाई भेट्न हनुमान ढोका पुगेका उनी त्यहीँ पक्राउ परेका थिए ।
त्यस्तै २२ माघमा चक्रेका भाइ तेजेन्द्र गुरुङ पक्राउ परेका थिए । त्यसको दुई दिनपछि चक्रे मिलनको समूहमा आवद्ध दीपक तालु पक्राउ परे । ११ फागुनमा स्वयम्भु क्षेत्रका गुन्डागर्दीका नाइके बाघे भनिने सुकबहादुर तामाङ पक्राउ परेका थिए । समिरमानसिंह बस्नेत र सञ्जीव लामा स्याल पनि पक्राउ परी छुटिसकेका छन् । नयाँ पत्रिका दैनिकबाट