२८ आश्विन २०८३, बुधबार

कारबाही निर्देशन पालना गर्न आलटाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rastriya Satarkata Kendraकाठमाडौं, १५ वैशाख । उद्योग मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयले अनियमितता गर्ने कर्मचारीको कारबाही प्रक्रिया अघि बढाउन राष्ट्रिय सतर्कता केन्द्रले दिएको निर्देशन पालना गर्न आलटाल गरेको छ ।
स्वास्थ्य मन्त्रालयका १० औं तहमा कार्यरत डा.जागेश्वर गौतमले आफू कार्यरत रहेको गोरखा अस्पतालमा काम नगरी चितवन र काठमाडौंका अस्पतालमा काम गरेको तथा चितवन मेडिकल कलेजको शेयर सम्झौता सम्बन्धमा अनियमितता गरेकाले डा. गौतमलाई र शेयर सम्झौतामा मुछिएका उद्योग विभाग तथा कम्पनी रजिस्टारको कार्यालयका कर्मचारीलाई कारबाही गर्न केन्द्रले दिएको निर्देशन तीन मन्त्रालयले पालना गरेका छैनन् ।

डा.जागेश्वर गौतमविरुद्ध स्वास्थ्य सेवा ऐन २०५३ विपरित २ वर्षसम्म चितवन मेडिकल कलेज सञ्चालक भई गैर कानुनी रुपले व्यापार व्यवसाय गरेको तथा कलेजको अध्यक्ष पदबाट राजीनामा दिइसकेपछि पनि अनधिकृत रुपमा विदेशी नागरिकसँग शेयर खरिद सम्झौता गरेको लगायतका विषयमा सतर्कता केन्द्रमा उजुरी परेको थियो ।
सो उजुरीमा अनुसन्धान गरी केन्द्रले माघ २३ गते मन्त्रालयलाई चितवन मेडिकल कलेजमा अवैध रुपमा भएको शेयर नामसारी रद्ध गरी ३० दिनभित्र जानकारी दिन निर्देशन दिएको थियो ।
उद्योग मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शेयर खरिद सम्झौतामा गरेको जालसाजीका बारेमा अनुसन्धान गरी दोषीलाई आवश्यक कारबाही प्रक्रिया अघि नबढाएकाले सतर्कता केन्द्रले यही बैशाख ८ गते १५ दिनभित्र जानकारी दिन दोस्रो पटक पनि ताकेता गरेको स्रोतले बताएको छ । नेपाल समाचार पत्र दैनिकबाट