लण्डन । नेपालका चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडी बेलायतमा हसाउने तयारीमा ब्यस्त छ ।
मह यात्राको १० दिनको बसाइमा बेलायतका नेपाली समुदायलाई लक्षित गरी प्रमुख चार ठाउँमा कार्यक्रम आयोजना गरिने भएको छ । सोही कार्यक्रममा मोहित आचार्य, नरेन्द्र कंसाकार र बद्री पंगेनीले पनि साथ दिनेछन । भिसा नपाएका कारण अन्जु पन्तको भने उपस्थिति हुन नसक्ने आयोजक कुल आचार्यले प्रेस बिज्ञप्ति जारी गरी जानकारी दिएका छन ।
मह यात्राको बारेमा बढी जानकारी दिने उद्देश्यले नेपाल पत्रकार महसंघ बेलायतले गरेका कार्यक्रममा एनआरएन बेलायतका पूर्व अध्यक्ष समेत रहेका आचार्यले बेलायतबासी नेपालीलाई रमाउने अबसर दिएकोमा सम्पूर्ण कलाकार प्रति आभार व्यक्त गरे ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालमा औद्योगिक बातावरण नभएकाले कलाकारहरुलाई टेलिभिजन कार्यक्रम चलाउन भन्दा स्टेज कार्यक्रमबाट केही हद राम्रो भएको बताए ।
सोही कार्यक्रममा बोल्दै वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले बेलायतमा रहेका नेपालीबीच कार्यक्रम गर्न पाउँदा खुशी लागेको बताए ।
पत्रकार रमा लमिछिनेले सन्चालन गरेको कार्यक्रममा पत्रकार महासंघ बेलायत शाखा अध्यक्ष चिरण शर्माका साथै बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रमको अन्त्यतिर नेपालको समसामयिक गतिबिधिबारे समेत छलफल गरिएको थियो ।













प्रतिक्रिया