काठमाडौं । चर्चित गायिका अञ्जु पन्तलाई बेलायतले भिसा दिन इन्कार गरेको छ ।
बेलायतले भिसा दिन इन्कार गरेपछि हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठसँगै बेलायत जाने उनको योजना रोकिएको छ । अञ्जु मह जोडीसँगै नेपाली समुदायको निम्तामा दश दिनका लागि बेलायत जाने कार्यक्रम तय भएको थियो । तर, अन्तिम समयमा आएर आएपछि बेलायतले भिसा नदिएको हो ।
आयोजकले कार्यक्रममा मह जोडीसँगै अञ्जु पनि आउने भन्दै व्यापक प्रचार गरेको थियो । तर, बेलायतको भिसाका कारण उपस्थित हुन नसकेको आयोजक कुल आचार्यले विज्ञप्ति जारी गरेर जनाएका छन् ।
नेपालमा बेलायती दुताबास रहेपनि भिसा भने भारतमा रहेको बेलायती दुताबासले मात्र दिने गर्छ । यसअघि पनि दर्जनौं मुलुक पुगिसकेकी अञ्जुलाई मह जोडीसँगै भिसा नदिनुलाई भने आश्चर्यका रुपमा हेरिएको छ ।












प्रतिक्रिया