– अर्जुन काफ्ले, मलेसिया
वन्दुक उसको गोली उसको हात अरुकै
निती उसको आदेश उसको जमात अरुकै
गजलकार राज अविरल यात्रीले यसरी गजल वाचन गरिरहदा दर्शक दिर्धावाट परर तालीको वर्षा भयो । साप्ताहिक साहित्य सण्डेको मासिक कार्यक्रम अनुसार आइतवार मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना भएको यात्रीका एकल गजल वाचन कार्यक्रममा यात्रीले गजल वाचन गरिरहदा दर्शकदिर्घावाट तालीका वर्षा हुन्थ्यो । यात्रीलाइ एकल गजल वाचनको तारतम्य भने अनाम मण्डली मलेसिया र विश्व साहित्य महासंघ मलेसियाले मिलाएका थिए । श्रम साप्ताहिकको सभाहलमा भएको एकल गजल वाचन कार्यक्रममा यात्रीले उनका ३ दर्जन गजल वाचन गरेका थिए ।
अव लक्ष्मण रेखाले सिता जोगिदैन
लाससंगै जल्ने छ चिता जोगिदैन
घर भित्रै राक्षसहरु जन्मिए पछि
कुनै पनि नारीको अस्मिता जोगिदैन
यात्रीको गजलको यो सेर वाचन गरेर सोम सुवेदीले कार्यक्रमको सुरुवात गरेका थिए । विश्व साहित्य महासंघ मलेसियाका अदक्ष्य जिवन देवान गाउँलेको सभापतीत्वमा सुरु भएको सो कार्यक्रममा गजल वाचक यात्रीलाइ प्रवासमा रहेर पनि नेपाली साहित्य को संरक्षण समद्र्धन गरे वापत कार्यक्रमका संयोजन गरेका अनाम मण्डली मलेसिया र विश्व साहित्य महासंघ मलेसियाले अभिनन्दन पनि गरेका थियो । सो कार्यक्रममा मलेसियामा रहेर पनि शशक्त गजल लेखन मा अग्र्रज रहेका यात्री को शुभकामना दिने वक्ताहरुले मुक्त कण्ठले प्रससा गरेका थिए । मनिराइ गोठाले, मनोज विराली,निस्चल प्रदेशी जिवन देवान गाउँलेले शुभकामना दिएका थिए भने अनलाइन मार्फत साउदी अरेविया वाट पञ्च विमृत र नेपाल वाट रमेश साइनले शुभकामना दिएका थिए । करिव ३ दर्जन गजल गाइरहदा यात्रीले परदेशमा रहदाका पिडा, देश नवन्दाका पिडा, राजनितीक व्याङ्ग गरिएका गजल वाचन गरेका थिए ।
गुमाए जस्तो अनि हारे जस्तो
लाग्दैछ आफैलाई निखारे जस्तो
पढन छोेडि राहदानी वोकेर
सोचीएछ भविश्य सपारे जस्तो
गजल गाउदा उपस्थीत दर्शकले उनको प्रससा गरेका थिए । सोहि कार्यक्रममा सोम सुवेदी र भण्डारी दाइले उनका गजल गाएर थप रौनक भरेका थिए । इलाम घर भएका यात्री मलेसियामा मा करिव १ दशक देखि रोजगारीका सिलसिलमा रहेका छन् । अनाम मण्डली मलेसियाका अदक्ष्य समेत रहेका यात्रीको गजल राम्रो भएको टिप्पणी अनलाइन अथिती रहेका स्मृत र साइन ले गरेका थिए ।त्यसो त परदेशका पिडा समेटेको गजल पनि यसरी वाचन गरेका थिए ।
शिर माथी राखिदिने हात हुदैन परदेशमा
चौतारीमा वसि मिठो वात हुदैन परदेशमा
दुखे एक्लै दुख्नु पर्छ सम्झीएर आफन्तलाइ
मानवता देखाउने जात हुदैन परदेशमा
परदेशका यसरी पिडा ओकलेका गजलकारको आज वाचन गरिएका गजललाइ पुस्तकको रुपमा प्रकाशित गर्ने महासंघका अदक्ष्य गाउले सो कार्यक्रममा वताएका थिए ।
गएको थियो उ तरवार देखाएर
फर्कर आएकोे छ उ प्यार देखाएर
कि उसले वाटोमा वुद्धलाइ भेट्यो
सोच्दैछु उसमा आएको सुधार देखाएर














प्रतिक्रिया