गोरखा । निजी गाडी बेचेर सार्वजनिक यातायातमा यात्रा गर्न थालेका एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ माइक्रो बस चढेर गोरखा पुगेका छन् ।
एकीकृत नेकपा माओवादीको पाँचौ जिल्ला सम्मेलन उद्घाटन गर्न श्रेष्ठ मायक्रोमा गोरखा पुगेका हुन् ।
सम्मेलनको उद्घाटन गर्दै उनले आफ्नो पार्टी एक वर्षभित्रै नयाँ संविधान बनाउन प्रतिबद्ध रहेको बताए । संविधानसभा बाहिर रहेका शक्तिलाई संविधान निर्माण प्रक्रियामा समेट्न सकिएमा सबैको अपनत्व हुने भएकाले यसतर्फ गम्भीर तरिकाले छलफल गर्नुपर्ने उनको भनाइ छ ।
उद्घाटन समारोहमा सभासद् हितराज पाण्डे, केन्द्रीय सदस्य हरि अधिकारी, नेकपा–माओवादीका नारायण अधिकारी, नेकपा (एमाले)का विश्वेश्वर कट्टेल, नेपाली काँग्रेसका हरिबहादुर घलेलगायतले सम्मेलनको सफलताको कामना गरे ।
सम्मेलनमा ५ सय भन्दा बढीको सहभागिता रहेको सम्मेलन आयोजक समितिका संयोजक अमर तमुले जानकारी दिए ।












प्रतिक्रिया