२८ आश्विन २०८३, बुधबार

ज्ञानेन्द्रकै शैलीमा प्रहरी प्रमुखको सवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

police-IGP-Upendra-Kanta-Aryalसुनसरी । कुनै बेला थियो, राजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भन्दै सडक बन्द गरिन्थ्यो । दर्जनौं गाडीले घेरिँदा पनि सर्वसाधारणलाई भने फगत दुःख दिने काम गरिन्थ्यो । देशबाट सामन्ती राजतन्त्र हटेपनि सुनसरीको चतराधाममा लागेको कुम्भमेला हेर्न पुगेका नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्यालको सामन्ती शैलीले हजारौं सर्वसाधारण रुष्ट भएका छन् ।

प्रसंग हो, सुनसरीको बराह क्षेत्रमा लागेको मेलाको । दर्जनौं सुरक्षाकर्मीले घेरिएका अर्यालकै कारण मेला भर्न र बराहक्षेत्रमा स्नान गर्न आएका हजारौं भक्तजनले आइतवार बिहान घण्टौंसम्म सास्ती खेप्नुपरेको छ ।

चतरादेखि बराहक्षेत्र सम्म करिव आधाघण्टाको गाडीको बाटो भएपनि आइतवार बिहान भिआइपी आउने भन्दै सो बाटोमा सार्वजनिक सवारीका साधन चलाउन सुरक्षा निकायले रोक लगाएका थिए ।

भक्तजनहरु करिव दुइघण्टा पैदल हिडेर बराहक्षेत्रमा स्नान गर्न पुगेका थिए ।

बिहान ३ बजे नै बराहक्षेत्र जान आ–आफ्ना सवारी साधन लिएर पुगेको भक्तजनहरुलाइ चतरामा सुरक्षाकर्मीले पैदलमात्र जान दिनु भन्ने माथीको आदेश भएको भन्दै रोकेका थिए ।

हजारौं भक्तजनहरुमा अधिकाश महिला, बृद्धबृद्धाहरु केटाकेटीहरु रहेका थिए ।

अरु दिन सहजै गाडी लिएर जान पाए पनि बिनासूचना गाडी चलाउन रोक लगाएपछि सयौ तिर्थालुहरुले आकोश पोखे ।

करिव नौ बजे लावालस्कर गाडी सहित चतराबाट बराहक्षेत्र पुगेका नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्यालसँग पैदल बराहक्षेत्र पुगेका तीर्थालुहरुले गुनासो पोखेका थिए ।

देशका बिभिन्न ठाउँबाट कुम्भमेला हेर्न पुुगेका तिर्थालुहरु बिना जानकारी बाटोमा गाडी चल्न सुरक्षाकर्मीले रोकेपछि अलमलमा समेत परेका देखिन्थे ।

शनिवार संम्म कुम्भमेलामा एक करोड १० लाख मानिसले मेलाको अवलोकन र कुम्भस्नान गरेको मेला आयोजक समितिले जानकारी दिएको छ । १२ बर्षमा लागेको सो कुम्भमेला बैशाख १९ गतेसम्म लाग्नेछ ।

गाडी नचलेपछि कष्ट भोग्दै सर्वसाधारण

police-IGP-Upendra-Kanta-Aryal1

police-IGP-Upendra-Kanta-Aryal2

police-IGP-Upendra-Kanta-Aryal3