काठमाडौं । नेकपा एमालेको राजनीतिक दस्तावेजमा नेताहरुबीच बिवाद कायम भएपछि निर्धारित समयमै महाधिवेशन हुनेमा आशंका उब्जिएको छ ।
पार्टीको नवौं महाधिवेशनमा पेस हुने राजनीतिक दस्तावेज तयारीका लागि मस्यौदा कमिटी सक्रिय बनेपनि शीर्ष नेताबीच मतैक्य हुन सकेको छैन ।
राजनीतिक प्रतिवेदनको मस्यौदामा सहमति कायम गर्न आइतबार पनि मस्यौदा कमिटीको बैठक बोलाइएको छ । बैठकले आगामी नीति सहितको मस्यौदा तयार गर्ने नेताहरुले बताएका छन् ।
मस्यौदामा सहमति जुटे सोमबार स्थायी समिति बैठक बसेर टुंगो लगाइने नेताहरुले बताएका छन् ।
मस्यौदामा सहमति नजुेटका कारण केन्द्रीय कमिटी बैठक समेत अन्यौलमा परेको छ । १० गतेका लागि बोलाइएको बैठक अर्को अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
एमाले सचिव युवराज ज्ञवालीका अनुसार, केन्द्रीय कमिटीको बैठक अघि मस्यौदा तयार गक्निुपर्ने भएकाले सोमबारसम्ममा मस्यौदामा ध्यान केन्द्रीत गरिने बताउनुभयो ।
जनताको बहुदलिय जनबाद र जनवादी क्रान्तिका दुई कोण र नेतृत्वको गठबन्धन निर्माणमा नेताहरु व्यस्त रहँदा महाधिवेशनको दस्तावेज लेखनको कार्यमा ढिला भइरहेको छ । एमालेको नवौ महाधिवेशन आगामी जेठ २४ देखि ३१ गतेसम्म काठमाडौंमा हुँदैछ ।












प्रतिक्रिया