पाल्पा । यहाँका एक फार्ममा पालेको बोकालाई ९२ हजार रुपैयामा विक्री भएको छ । खस्यौलीको हिरापोखरास्थित सृजना फार्ममा हुर्केको बोका सिन्धुपाल्चोकका वुद्धविर लामाले खरिद गरेका हुन् । उनले बोयर जातको त्यस बोकाका लागि २० हजार रुपैयाँ बैना दिएका छन् ।
‘सिन्धुपाल्चोकको सहकारीले बाख्रापालन गर्न सुरू गरेको रहेछ’ फार्मका संचालक विष्णु अधिकारीले भने, ‘खोर निर्माण सकिएपछि लाने बताएका छन् ।’ फार्ममा अहिले ३० वटा वोयर जातका बाख्रा छन् । स्थानीय जातको बाख्रामा कृत्रिम गर्भाधान गर्दा यस जातका १६ पाठी र १४ पाठा वोयर जात जन्मिएका छन । जन्मदै यस जातको पाठापाठीको तौल २ किलो हुन्छ ।
यसको हुर्कने वृद्धिदर राम्रो छ । भारतको पुनाबाट सिमेन (बिर्य) ल्याएर स्थानीय जातको बाख्रालाई गर्भाधान गराई ती पाठापाठी जन्माइएको आजको कान्तिपुरमा खबर छ। व्यवसायिक बाख्रापालकका लागि वीउका रूपमा प्रयोग गर्न मिल्ने भएका कारण बोकाको मुल्य अधिक भएको सृजना फार्मका सञ्चालक अधिकारीले बताए । बाग्लुङ्, सिन्धुली, जिल्लाकै विभिन्न समूह, सहकारीबाटसमेत बोकाको माग आएको उनले बताए ।
बोयर जातबाट उत्पादन भएका पाठापाठी तीन महिनामा २० किलो ग्रामसम्मको तौल वृद्धि हुन्छ । स्नातकोत्तर गरिसकेका कास्कीका अमर गुरूङ, पाल्पाका विष्णु अधिकारी, दीपक अर्याल, सिन्धुपाल्चोकका साजन सुवेदी लगायतले फार्म सुरू गरेका हुन् ।












प्रतिक्रिया