काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली सिमर बसन्त रेग्मीको बलिङ शैलीमाथि प्रश्न उठाएको छ । आइसिसीलले वसन्तको बलिङ शैलीमाथि शंका गर्दै नेपाल क्रिकेट संघ(क्यान)लाई समेत पत्र पठाएको छ ।
आइसिसीले गत माघमा न्युजिल्याण्डमा भएको एकदिवसिय बिश्वकपम छनौट प्रतियोगितमा बसन्तको बलिङ शैली शंकासपद भएको पाइएको भन्दै पत्र पठाएको छ । वसन्तको बलिङ गर्दा क्लियरमा शंका देखिएको र शरिर पूर्ण रुपले स्ट्रच नगरिएको आयसिसीले जनाएको छ । आइसिसीले वसन्तको बलिङ गरेको फोटो र फुटेज सहित क्यालाई पठाएको छ ।
क्यानका सदस्य किरण राणाले आइसिसीले वसन्तको बलिङ शैली माथि प्रश्न गर्दै पत्र पठाएको पुष्टि गरे ।
‘वसन्तको बलिङ एक्सनमाथि प्रश्न गर्दै क्यानमा आइसिसीको पत्र आएको छ,’ उनले भने । उनका अनुसार वसन्तले बलिङ एक्सन सुधार्ने वाचा गर्दै क्यानले आइसिसीलार्इ समेत पत्र पठाएको नयाँ पत्रिकामा खबर छ ।












प्रतिक्रिया