२८ आश्विन २०८३, बुधबार

साहित्यकार ढकाल र यात्री सम्मानित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। साहित्यकार नारायण ढकाल र हेमन यात्रीलाई आज यहाँ सम्मान गरिएको छ ।

रिडर्स क्लब नेपाल र मोहनगोपाल खेतान प्रतिष्ठानले संयुक्तरुपमा स्थापना गरेको ‘सिर्जनशील स्रष्टा पुरस्कार’बाट साहित्यकार ढकाल र ‘नवोदित कृति पुरस्कार’बाट ‘पहाड मसितै यात्रा गर्छ’ कवितासङ्ग्रहका लेखक यात्री पुरस्कृत हुनुभयो ।

ताम्रपत्रका साथ ढकाललाई ७५ हजार र यात्रीलाई २५ हजार प्रदान गरियो । उहाँहरुलाई सम्मान गर्दै वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले नवोदित तथा पुराना साहित्यकारलाई सम्मान गर्दा साहित्यिक क्षेत्रमा काम गर्न आफूलाई अझ ऊर्जा मिल्ने बताउनुभयो ।

साहित्यकार ढकालले पाठकहरुको संस्थाले दिएको सम्मानले थप जिम्मेवारी बोध गराएको बताउनुभयो भने यात्रीले यसलाई सुखद् आश्चर्यका रुपमा लिइएको बताउनुभयो ।

युवा साहित्यकार रोशन शेरचनले लामो समयदेखि लेखनमा संलग्न ् ढकालको कृति सधैँ समाजसँग प्रत्यक्षरुपमा सम्बन्धित हुने भएकाले यसले समाजलाई प्रभाव पार्ने गरेको उल्लेख गर्नुभयो भने साहित्यकार महेश पौडेलले नवोदित साहित्यकार यात्रीको कवितासङ्ग्रहमा स्थानीय, भौगोलिक र साँस्कृतिक बिम्ब भरिएका छन् भन्नुभयो ।

क्लबका अध्यक्ष सुमन घिमिरेले आठ वर्षअघि स्थापित सो क्लबले विभिन्न समयमा कविता वाचनलगायत कार्यक्रम गर्दै आइरहेको र पुरस्कृत गर्ने कार्यक्रम भने यसै वर्षदेखि सुरु गरेको जानकारी दिनुभयो भने सचिव कुन्दन शर्मा‘मित्र’ ले क्लबले साहित्यकार र पाठकबीच सेतुको काम गर्दै आइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताउनुभयो ।