सोलुखुम्बु । एकीकृत नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य राम कार्कीले एमाओवादीको स्तर खस्कनुमा आफूहरुमा बढेको धनलोभ मुख्य कारण रहेको बताउनुभएको छ ।
एकीकृत नेकपा (माओवादी) सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा नेता कार्कीले सर्वहाराको कुरा गर्ने आफ्नो पार्टी शान्ति प्रक्रियामा आएसँगै महल, गाडी तथा अन्य बिलासी सामानमा रुची बढाउन थालेका कारण जनताले भोट नदिएका हुन् भन्नुभयो ।
“हामी पहिले सर्ट, टाइको विरोध गथ्र्यौ, पछि हामी नै त्यसको सौखिन भएपछि जनताले विश्वास गर्न छाडिदिए” कार्कीको भनाइ थियो ।












प्रतिक्रिया