२८ आश्विन २०८३, बुधबार

जग्गाधनीलाई थाहै नदिई बाह्र रोपनी जग्गा विद्यालयको नाममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १३ वैशाख । सम्बन्धित जग्गाधनीलाई थाहा नै नदिई स्थानीय एक विद्यालयको नाममा ११ रोपनी जग्गा दिइएको रहस्य खुलेको छ ।

जिल्लाको ढिमे गाविस वडा नं ५ मा रहेको कालिका प्रावि जरगाउँलाई सोही वडामा बस्ने लालबहादुर सिंह र लोकचन सिंहको ११ रोपनी जग्गा जालसाजी गरेर विद्यालयको नाममा गरिएको खुलेको हो ।

पीडित लोकचन सिंह भन्छन्– पृथ्वीबहादुर सिंह जेठा बाजेका छोरा भएका कारण हाम्रो सबै सम्पत्ति उनकै नाममा थियो, उनले हामीलाई जानकारी नै नदिई भागबन्डा नभएको जमिन सबै विद्यालयको नाममा दिएको हामीले भर्खर थाहा पाएका हाँै ।

पूर्व गाविस अध्यक्ष ढोलु सिंह र पृथ्वीबहादुर सिंहको मिलेमतोमा हाम्रो जग्गा विद्यालयको नाममा गरिएको रहेछ, जिल्ला शिक्षा कार्यालयमा आउँदा पो थाहा भयो– पीडित दाजुभाइ दुःखेसो पोख्छन् ।